गमानसिङ घर्ती/रुकुम पश्चिम, माघ २३ गते । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले राजनैतिक प्रशिक्षण गरेको छ । उक्त प्रशिक्षण कार्यक्रम शुक्रबार सदरमुकाम खलंगामा सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला समितिहरुको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा विषम, केन्द्रीय सदस्य बिकिरण, केन्द्रीय स्कुलिङ विभाग सदस्य गति लगायतले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको अध्यक्षता जिल्ला सेक्रेटरी चन्द्र बुढाले गरेका थिए ।