दिप मण्डला युवा क्लवद्वारा कोभिड–१९ विरुद्धको अभियान सञ्चालन

Social

काठमाडौं, माघ २३ गते । जिल्लाकाे बुढानिल्कण्ठ नगरपालिका वडा नं. १० रहेको दिप मण्डला युवा क्लबले कोभिड–१९ विरुद्धको अभियान सञ्चालन गरेको छ । आइबार क्लबले विभिन्न स्थानहरुमा सर्वसाधारणलाई मास्क र सेनीटाइजर वितरण गरेर साे अभियान सञ्चालन गरेको हो ।

क्लबका सचिव प्रदिप मैनालीले बताए अनुसार सो अभियान कपनको साततलेबाट सुरु गरि नारायणचोक, पञ्चकुमारी चोक, मिलनचोक, शिव मन्दिर वडा कार्यालय, बिबेकचोक हुँदै नारायणचोकमा पुगेर समापन गरेको थियो । सो क्रममा २५ भन्दा बढी मास्क र २ हजार पिस भन्दा बढी सेनीटाइजर वितरण गरेको सचिव मैनालीले जानकारी दिए ।

कोभिड–१९ संक्रमण रोकथामको लागि नागरिक सचेतनाको लागि यो अभियान सञ्चालन गरेको मैनालीले बताए ।

रगत अभावका कारण कैयौंको ज्यान जाने गरेकोले भावी दिनहरुमा कपनमा रहेका विभिन्न सामाजिक संघसंस्थासँग मिलेर ब्लड बैंकको स्थापना गर्ने क्लबको योजना रहेको उनले बताए ।
अभियान कै क्रममा वडा अध्यक्ष भट्टराईले युवाहरुको काममा आफ्नो सधैंभरि सहयोग रहने बताउँदै युवाहरुको सकारात्मक कामको प्रसंशा समेत गरे ।

अभियानमा वडाल अध्यक्ष भट्टराई, क्लबका अध्यक्ष राजन श्रेष्ठ लगायत क्लबका मेम्बरहरुको उपस्थित रहेको थियो ।

यस अघि पनि क्लवले यहि लक्ष्मी पुजाकाे दिन उद्घाटन भएकाे यश क्लबले उद्घाटन भएकाे दिनदेखि कुलतमा फसेका युवाहरुलाई सकारात्मक तालिम दिने देखि सरसफाइ लगायत कामहरु गरेका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *