चुनावी खर्च जुटाउन पटकपटक मुल्यबृद्धि गरियोः इन्चार्ज बिष्ट

Education

हेमन्त प्रकाश वली/दाङ,  माघ २० गते ।   अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज दिपक बिष्टले चुनावी खर्च जुटाउन पटकपटक मुल्यबृद्धि गरिएको ठोकुवा गरेका छन् ।

नेकपा निकट संयुक्त जवस मोर्चाले दाङको घोराही स्थित तुलसीपुर चोकमा आयोजना गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिष्टले उक्त कुरा बताएका हुन् ।

उनले दलाल पुजीवादी राज्यसत्ताले जनताको ढाड सेक्ने गरि पटकपटक गरिएको मुल्यबृद्धि फिर्ता नगरेसम्म आफुहरुले संघर्ष जारी राख्ने समेत बताए ।
नेता बिष्टले मुल्यबृद्धिको विरोध गर्न आम जनसमुदायहरु सडकमा उत्रनु पर्ने धारणा राखे । उनले भने, `मुल्यबृद्धिको विरोध हामीले मात्रै गर्ने, हाम्रो मात्रै सरोकार होइन । यो मुल्यबृद्धिले आम जनताको ढाड सेक्ने काम गरेको छ, तपाईं हामी सबै मिलेर लडाइँ लड्ने हो ।`

कोणसभालाई सम्बोधन गर्दै जनक्रान्तिका महान सहिद परिवार संगठनका केन्द्रीय सदस्य धर्तीले दलाल पुजीवादी राज्यसत्ता रहेसम्म जनताले मुल्यबृद्धि लगायत तमाम सास्ती बेहोर्नुपर्ने बताए । उनले नेपाली जनताहरु यो भ्रष्ट संसदीय व्यवस्थाका विरुद्ध एकपटक एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद प्राप्तिको यात्रामा लामबद्ध हुन अपिल समेत गरे ।
नेता धर्तीले जनतालाई रैती दास बनाउने र पटकपटक मुल्यबृद्धि गरि जनताको उठिबास गराउने हर्कतका विरुद्ध आफुहरु निर्मम संघर्ष गरिरहने धारणा व्यक्त गरे ।


कोणसभा कार्यक्रमको सहजीकरण श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय समिति सदस्य सुरजले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *