बर्दिबासमा नेकपाकाे वडा समिति गठन

Political

महोत्तरी, माघ १७ गते । नेपाल कम्युनिस्ट पार्टीकाे बर्दिबासमा एक वडा समिति गठन भएकाे समाचार प्राप्त भएकाे छ । महोत्तरीकाे बर्दिबास नगरपालिका वडा नं. ८ मा  खड्ग बहादुर जर्घा मगर (आलोक श्री)को नेतृत्वमा ९ सदस्यीय वडा समिति गरिएकाे  नेकपाले जनाएकाे छ ।

कार्यक्रममा नेकपा महोत्तरीका सेक्रेटरी सम्भवत, पुरानो र पाको नेतृत्व झमान, अखिल (क्रान्तिकारी) का द्वय केन्द्रीय समिति सदस्य प्रेमप्रशान्त बाेहाेरा, रमेश, महोत्तरी जिल्ला पार्टी कार्यालय सचिव कुबेर र अखिल नेपाल किसान संघका जिल्ला संयोजक चन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *