कालिन्चोकमा विप्लव नेतृत्व नेकपाको वडा भेला तथा प्रशिक्षण

Political

दोलखा, माघ १८ गते । नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला, कालिन्चोक गाउँपालिका अन्तरगत वडा नं. १ को वडा भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।

उक्त कार्यक्रमका अध्यक्ष कर्ण बहादुर थामी, प्रमुख अतिथि पार्टीका जिल्ला सेक्रेटरी आकाश शर्मा, अतिथिहरु कलिन्चोक गाउँपालिका इन्चार्ज जित थामी, जय कुमार थामी ,पूर्व जनमुक्ति सेनाका बसुन थामी, चन्द्र नेपाली, वडा अध्यक्ष बाबुलाल थामीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले संसदिय व्यवस्थाले दलालहरु जन्माएको र वास्तविक श्रमजीवि उत्पीडित जनताको अधिकार नदिने भन्दै वैज्ञानिक समाजवादी सत्ता प्रप्त गर्न जनमतसंग्रहमा जानुपर्ने बताए । रास्ट्रघाती एमसीसी खारेज गर्नको लागि ग्रामिण बस्तीमा रहेका जनताहरुलाई आपिल गरे । विभिन्न कालखण्डमा जनताले ठूलठूला आन्दोलन गरे तर नेताहरुले सम्झौतामा आन्दोलन टुंग्याउने काम गरेको बताए । जनताले सधैँभरि धोका पाइरहे त्यसैले अब जनताको अधिकार सुनिश्चित गर्नको लागि यो वडा भेला सम्पन्न गर्नु परेको बताए ।

मन्तव्यको क्रममा गाउँपालिकाको इन्चार्ज जित थामीले यो दलाल भ्रष्टाचारको बेथितिलाई अन्त्य गर्न नेपाल कम्युनिस्ट पार्टी सधैँ जनताका साथमा रहने बताए । कार्यक्रममा जय थामीले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य पूर्व वडा सेक्रेटरी पदम थामी राखेका थिए भने कार्यक्रमको सञ्चालन गाउँपालिका सेक्रेटरी पदम बहादुर थामीले गरेका थिए ।
वडा भेलाबाट बसुन थामी सेक्रेटरी रहेको २१ सदस्यीय कमिटी चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *