एमसीसीविरुद्ध जनता आक्रोशित, संसद्वादीहरूलाई बचाउन वीरेन्द्रनगरमा कर्फ्यु

सुर्खेत, फागुन १६ गते ।  संसद्‌वादी दलहरले षड्यन्त्र र बलपूर्वक संसद्‌बाट राष्ट्रघाती एमसीसी पारित गरेपछि जनता त्यसका विरुद्ध स्वतस्फूर्त सडकमा उत्रिएका छन् । सोमबार नेकपासहित ६ दल र २ मोर्चाको आह्वानमा नेपाल बन्दका क्रममा जनता आक्रोशित बनेर संसद्‌वादी दलविरुद्ध कारबाहीमा उत्रिने अवस्था उत्पन्न भएपछि सरकारले संसद्‌वादी दलहरूलाई जोगाउन भोलि मङ्गलबार साँझसम्मका लागि कर्फ्यु लगाएको सुर्खेतबाट […]

Continue Reading

युक्रेन संकटको मुख्य कारक अमेरिका हाे : उत्तर कोरिया

काठमाडौँ, फागुन १६ गते । उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ । रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो । अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिदै रुससँग भिड्न उक्साएको […]

Continue Reading

दोलखामा नेपाल बन्द प्रभावकारी, राष्ट्रघाती एमसीसीविरुद्ध कालिञ्चोकमा प्रदर्शन

दोलखा,  फागुन  १६ गते । दोलखामा नेपाल बन्द प्रभावकारी बनेको छ । नेपाल कम्युनिस्ट पार्टी दोलखाले कालिञ्चोक गाउँपालिका वडा नं. २ मा राष्ट्रघाती एमसीसीविरुद्ध जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । प्रदर्शनमा उपस्थित नेता–कार्यकर्ताले एमसीसी खारेज गर ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! एकीकृत जनक्रान्ीि जिन्दावाद ! नेपाल बन्द सफल पारौँलगायत नारा लगाएका थिए । एमसीसीविरुद्ध […]

Continue Reading

बन्द ऐतिहासिक रूपमा सफल, षड्यन्त्रपूर्वक पारित भएको भनिएको राष्ट्रघाती एमसीसीविरुद्ध सङ्घर्ष जारी छ : ६ दल

काठमाडौँ, फागुन १६ गते । नेकपासहित ६ दल र २ मोर्चाले राष्ट्रघाती एमसीसीविरुद्ध आह्वान गरिएको नेपाल बन्द ऐतिहासिक र भव्य रूपले सफल भएको बताएका छन् । सोमबार साँझ संयुक्त रूपमा जारी विज्ञप्तिमा कथित पारित भनिएको एमसीसी कम्प्याक्टका विरुद्धको आजको नेपाल बन्दको कार्यक्रम ऐतिहासिक, भव्य र सानदार रूपमा सफल भएको र उक्त सफलताका लागि खट्ने पार्टीका […]

Continue Reading

राष्ट्रघाती एमसीसी नेपाली जनतालाई स्वीकार्य छैन, राष्ट्रियताको लडाइँ निरन्तर जारी छ : विप्लव

ऐतिहासिक रूपमा नेपाल बन्द सफल पार्ने जनतालाई महासचिव विप्लवद्वारा धन्यवाद ज्ञापन काठमाडौँ, फागुन १६ गते । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध आह्वान गरिएको नेपाल बन्द ऐतिहासिक रूपमा सफल भएको भन्दै बन्द सफल पार्न सहयोग गर्ने सबै देशभक्त जनता र क्रान्तिकारी जनसमुदायलाई विशेष धन्यवाद दिएका छन् । सोमबार साँझ ‘बन्द सफलका लागि धन्यवाद […]

Continue Reading

पाल्पामा पत्रकार माथि प्रहरीकाे दुर्ववहार,७ बन्द कर्ता प्रहरी नियन्त्रणमा 

माेहन निवाङ्ग/पाल्पा, फागुन १६ गते  ।  पाल्पामा प्रहरीले पत्रकार माथि दुर्ववहार गरेको छ । अाज पाल्पाको सदरमुकाम तानसेनमा रिपोर्टिङमा रहेका पत्रकार र प्रशिक्षार्थी पत्रकार माथि पत्रकार हाैं भनेर प्रेस परिचयपत्र देखाउदा,देखाउदै पनि प्रहरिले जवरजस्ति नियन्त्रणमा लिने प्रयास गरेको छ । अाज सदनबाट MCC सम्झौता व्याख्यात्मक घाेषणा सहित पास गरेको भन्दै विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी,नेकपा(क्रान्तिकारी […]

Continue Reading

संसद्‌वादी नेताहरू साम्राज्यवादका दलाल साबित, एमसीसी लागू हुन नदिन जुटौँ : लोहनी

काठमाडौँ : राष्ट्रिय जागरण मञ्च नेपालका अध्यक्ष गुणराज लोहनीले नेपालका संसद्‌वादी दलहरू अमेरिकी साम्राज्यवादका दलाल भएको कुरा राष्ट्रघाती एमसीसी पारित गर्नुले प्रमणित गरेको भन्दै एमसीसी लागू हुन दिन निरन्तर सङ्घर्षमा जुट्न देशभक्त जनसमुदायलाई हार्दिक आह्वान गरेका छन् । लोहनीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै कार्यकर्ताको आँखामा धुलो फाल्न ‘व्याख्यात्मक प्रस्ताव’ को हास्यास्पद नाटक मञ्चन गरी रात […]

Continue Reading

नेपाल बन्दको प्रभाव देशैभर, युवा सङ्गठनका नेता सागर र हिम्मत काठमाडौँबाट गिरफ्तार

काठमाडौँ : राष्ट्रघाती एमसीसी सम्झाैताविरुद्ध नेकपासहित ६ दल र २ मोर्चाले आह्वान गरेको आजको नेपाल बन्दको असर देशभर परेका समाचारहरू प्राप्त भएका छन् । देशका विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने विद्यालय र बजार पनि खुलेका छैनन् । बन्दको आह्वान गर्दै ६ राजनीतिक पार्टी, २ मोर्चाका नेता–कार्यकर्ता […]

Continue Reading

राष्ट्रघाती एमसीसीविरुद्ध भोलि आठ दल–मोर्चाको सशक्त नेपाल बन्द

काठमाडौँ : राष्ट्रघाती एमसीसीविरुद्ध सडक सङ्घर्षमा होमिएका नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले भोलि फागुन १६ गते सशक्त नेपाल बन्दको घोषणा गरेका छन् । नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ६ दल र दुई मोर्चाको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनीतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रूपमा अस्वीकृत, विरोध र […]

Continue Reading

जनयुद्ध दिवसबारे दुईचार शब्द

सीता विक ‘सम्झना’ । २०५२ फागुन १ नेपाली भूमिमा सर्वहारा वर्गको सपनाको उद्घाटन भएको दिन, सशस्त्र युद्धको सुरुआत भएको क्षण, एउटा वर्गको विद्रोह थियो भने एउटा वर्गको आतङ्कवाद । जनयुद्धको आँधीले दुनियाँ थर्कमान भएको थियो । तत्कालीन राज्यव्यवस्थाका विरुद्ध जनताले चालेको त्यो कदम वर्गसङ्घर्षको थियो । त्यो राजनीतिक–वैचारिक युद्ध थियो जसले नेपाली समाज र व्यवस्थाको […]

Continue Reading