भ्रमको पछि नलाग्न नेकपा अर्घाखाँचीद्वारा आम जनसमुदायमा अपिल

Political
अर्घाखाँची, माघ १५ गते । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले केही समय अघि ऋषिराम अधिकारीले सनपा ११ मा अवैध रुपमा सञ्चालन गरेको क्रसर उद्योग र सनपा ७ मा रहेमा भूगर्भ सिमेन्टद्वारा सञ्चालित चुनढुङगा खानी बन्द गरेको बिषयलाई लिएर भ्रमको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध गर्दै सञ्चालकलाई उद्योग बन्द गर्न र नेकपाको निर्णयलाई बेवास्ता नगर्न विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

जिल्ला सेक्रेटरी माहुरीले विज्ञप्तिमा भनेको छन्, हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रियता जनतन्त्र जनजिविका विषयलाई लिएर लामो समयदेखि अर्घाखाँची जिल्लामा सङ्घर्षरत रहेको कुुरा सबै जिल्ला बासीलाई सर्बविविदै छ । यसै सन्दर्भमा जिल्लाको सन्धिखर्क नगरपालिका वडा न ११ मा पिटिआर अधिकारी निर्माण सेवाका सञ्चालक ऋषिराम अधिकारीले करिब १ बर्षदेखि अबैध रुपमा खोलेको क्रसर उद्योगमा मिति २०७८।०९।२९ गते जनताको व्यापक गुनासो आएपछि हाम्रो पार्टीले शान्तिपूर्ण सङ्घर्षको कार्यक्रम अनुसार बन्द गरेको र मिति २०७८।१०।१३ गते जनताको पटकपटक जनगुनासो आएपछि जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं.७ खाँचीकोटमा भूगर्भ सिमेन्टद्वारा सञ्चालित चुनढुङ्गा खानीमा हाम्रो पार्टीले ८ बुँदे माग राख्दै बन्द गरेका थियौँ ।’

माहुरीले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘जनताको शान्तिपूर्ण आन्दोलनलाई उद्योग सञ्चालक सरोकारवाला निकायले बेबास्ता गदै जबरजस्ती खोलेर पुन सञ्चालनमा ल्याएपछि पनि हाम्रो पार्टीलाई विभिन्न टिकाटिपप्णी गदै जिम्मेबार मिडिया अर्घाखाँची डट.कम लगायत केही जिम्मेबार व्यक्तिबाट सामाजिक सञ्जालमा धम्र्की र प्रलोभनको आशा देखाउँदै समाचार प्रकाशन गरेकोप्रति हाम्रो गम्भीर ध्यानआकर्षण रहेको छ । पार्टीले चन्दा बार्गेनिङ्ग र तीन लाख लिएर खानी चल्ल दिएको भन्ने कुरामा कुनै सत्यता नभएको र हाम्रो पार्टीले जनताको प्रत्यक्ष जीवनमा सरोरकार राख्ने विषयको उठान गर्ने भएकोले यसमा सबै जिल्लाबासी नागरिक समूह, मानव अधिकारकर्मी, राजनीतिक दल, बुद्धिजीवी, उद्योगी व्यबसायी आम सरोकारवाला निकाय जिम्मेबार बन्न अनुरोध गर्दछौँ ।’

सेक्रेटरी माहुरीले विज्ञप्तिको अन्त्यमा भनेको छन्, ‘जनताको प्रत्यक्ष जीवनमा सरोकार राख्ने विषयको उठान गर्न प्रोत्साहन गर्नुको सट्टा जबरजस्ती खानी सञ्चालन गर्नु दलाल पुँजीवादको जलन्त उदाहरण हो । हाम्रो पार्टीको निर्णयलाई बेबास्ता गदै व्यबसायीलले उद्योग सञ्चालन गरेको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबार स्वयम् उद्योग सञ्चालक र सरोकारबाला निकाय हुने यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *