भ्रष्ट जनप्रतिनिधिलाई अखिल (क्रान्तिकारी) बझाङले गर्यो जनकारबाही

Political

गणेश एसके/बझाङ, माघ ११ गते   । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति बझाङले बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका वडा ८ का अध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई लाखौँ भ्रष्टाचार, अनियमितता गरेको आरोप लगाउँदै जनकारवाही गरेको छ । संगठनले आइतबार विज्ञप्ति जारी गर्दै कारवाही गर्नका कारण उल्लेख गर्दै उनीहरूलाई जनकारवाही गरेको ठहर गरेको छ ।

कारवाही गर्नुका कारण :–

१) १ करोड ५० लाखको खानेपानी योजना धारा निर्माण पानी सञ्चालन नगर्दै काम गर्ने मजदुरलाई ज्वाला नदिई कमिशन खाएर बजेट पास गरेकोले
२) सडक बनाउँदा कमिसन दिने मान्छेलाई मात्र उपभोक्ता समितिको अध्यक्ष बनाएको रोड बनाउँदा अनआवश्यक दुई ठाँउबाट कटिङ गरी १० लाख हिनामिना गरेको र वडामा व्यवस्थापनको नाममा वर्षेनी ३ लाख ५० हजार हिनामिना गरेको ।
३) मृत्यु भएका नागरिकको मृत्यु दर्ता नगरि चार बर्षको लाखौँ पैसा कागज मिलाएर वडा सचिव र वडा अध्यक्षले हिनामिना गरेको
४) वडा कार्यालयको सवारीसाधनमा नम्बर प्लेट चेन्ज गरि ब्यपारीको जाडरक्सी ढुवानी गर्ने गरेकोले
५) सेवाग्राहीले सूचनाहक अन्तर्गत रहेर सूचना माग्दा सूचना नदिने, गुनासो गर्दा सेवाग्राहीलाई धम्कीदिने गरेकोले ।
६) हाम्रो पार्टीको न्यायपूर्ण आन्दोलनलाई जथाभावी भण्डाफोर गर्दै आफ्नो पदिय मर्यादा ख्याल नगरि पार्टीबिरुद्ध सुराकी गरेकोले
७) पर्यटकीय स्थलका नाममा आफ्ना पितरका मन्दिर मात्र बनाएका काम गर्ने मजदुर पनि आफ्ना घरका मात्र मजदुरी गराएकाले

Leave a Reply

Your email address will not be published. Required fields are marked *