काठमाडौं मेडिकल कलेजमा अखिल (क्रान्तिकारी)सहित ८ विद्यार्थी संगठनको तालाबन्दी

Education

काठमाडौँ, माघ ९ गते । विद्यार्थीबाट अतिरिक्त शुल्क असुल्दै आएको काठमाडौं मेडिकल कलेजमा अखिल (क्रान्तिकारी)सहित ८ विद्यार्थी संगठनले आइतबार तालाबन्दी गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (नेत्रविक्रम चन्द्र र मोहन वैद्य) अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियन (नेकपा) ले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

तालाबन्दी कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही,  नेविसघंका महामन्त्री बलदेव तिमल्सिना, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, हरिकृष्ण गजुरेलको उपस्थितिमा ताला लगाइएको युनियनका अध्यक्ष मनिष भट्टराईले जानकारी दिए ।

काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थी मंसिर १९ गतेदेखि अतिरक्त शुल्कको विरोधमा आन्दोलनमा छन् । उनीहरूको आन्दोलनमा यी विद्यार्थी संगठन सहित एमाले निकट अनेरास्ववियुले पनि ऐक्यवद्धता जनाउँदै आएको छ ।

विद्यार्थी संगठनले तोकेभन्दा बढी शुल्क नलिन प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेल, गृहमन्त्री बालकृष्ण खाँणको ध्यानार्कषण गराउँदै आएका छन् । यद्यपि कलेज संचालक सुनिल शर्माले अतिरिक्त शुल्क लिने अडान छाडेका छैनन् ।

विराटनगरमा पनि अतिरिक्त शुल्कको विरोधमा दैनिक आन्दोलन हुँदै आएको छ । आन्दोलनलाई थप सशक्त बनाउन नोबेलका केही विद्यार्थी काठमाडौंसमेत आएर धर्ना र प्रर्दशन गरेका छन् ।

पीडित विद्यार्थीले चिकित्सा शिक्षा आयोगमा समेत धर्ना दिएका छन् । कलेज संचालक शर्मालाई गिरफ्तार गिरी ठगी विरुद्ध कारबाही चलाएर कलेजमा पठनपाठनको वातावरण बनाउनुपर्ने विद्यार्थीको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *