नेकपाका सचिवालय सदस्य सुदर्शन र माओवादी केन्द्रका नेता कुबेरबीच भेटघाट

News Political

हेमन्तप्रकाश वली/दाङ,  माघ ८ गते । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटीका सदस्य कुबेर वलीबीच भेटघाट भएको छ । शुक्रबार माओवादी केन्द्रका नेता कुबेर वलीको निजी निवासमा भेटघाट भएको हो । भेटघाटमा सबै क्रान्तिकारी कम्युनिस्टहरू बीच एकता हुनुपर्ने लगायत पछिल्लो समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको थियो ।

दलाल संसदीय व्यवस्था नै सबैखाले सङ्कटको मूल कारण भएको भन्दै यो व्यवस्थाको समुल नस्ट गर्न आफ्नो पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर जनतामा गइरहेको नेता सुदर्शनले बताए । उनले नेपालमा देखिएका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायत तमाम समस्याको निर्विकल्प समाधान वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना भएको समेत बताए ।

भेटघाटमा नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कार्यालय सदस्य एवम् तुलसीपुर उप–महानगरका इन्चार्ज बिकाश वलीको समेत सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *