काठमाडाैँ, माघ ७ गते । नेपाल कम्युनिस्ट पार्टी मध्यपुर ठिमी नगरपालिकाको नगर कमिटीको बैठक सानो थिमिमा भक्तपुरमा सम्पन्न भएको छ ।
बैठक नगर कमिटी सेक्रेटरी मान बहादुर डागीँको अध्यक्षता र भक्तपुर जिल्ला सेकटरी विजयसिंहको प्रमुख आतिथ्यतामा बसेको थियो ।
बैठकले ३ महिने अभियान चलाउने निर्णय गरेको छ । अभियानमा विश्वभर फैलिरहेको कोभिडको प्रभावलाई ध्यान दिदै सगंठन सुदृद विस्तार गर्ने र वैज्ञानिक समाजवादका लागि जनमत सङ्ग्रहको चुनावको वातावरण बनाउने निर्णय भएको छ ।
बैठकमा बोल्दै जिल्ला सेक्रेटरी विजयसिंहले पुँजीवादले विश्वव्यापी रूपमा विभिन्न रूपका संसदीय पुँजीवादी राज्यसत्ता सञ्चालन, गरिरहेकोले यो व्यवस्थाले निम्त्याएको भ्रष्टाचार, महँगी, बेरोजगारी, कालोबजारी, सामाजिक विकृति–विसङ्गति विरुद्ध भण्डाफोर गर्दै वैज्ञानिक समाजवादी राज्यसत्ताको स्थापनाका लागि लाग्न आवश्यक रहेको बताएका थिए ।