नेकपाकाे निशानामा पर्याे भ्रष्ट जनप्रतिनिधि अध्यक्ष

National News Political

जाजरकोट,  माघ ५ गते । विप्लव नेतृत्वकाे  नेकपाले जाजरकोट जिल्लाकाे जिल्लाको छेडागाड नगरपालिकाका एक वडाध्यक्षलाई नेकपा  निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले कालोमासो दलेको छ ।

नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष रामबहादुर केसीलाई कालोमोसो दलेको हो । सिंगो विद्यार्थी र जनताको भविष्य माथि खेलवाड गर्ने अधिकार कसैलाई छैन् र दिदैनौ पनि गलतका विरुद्धको खबरदारी मात्र भएको अखिल क्रान्तिकारी जाजरकोटका संयोजक दीपेन्द्र सिंहले बताए ।

यस्तै अखिल क्रान्तिकारी जाजरकोटले सामाजिक सञ्जाल फेसवुकमा एउटा विज्ञप्ती जारी गर्दै जनविकास माद्यामिक विद्यालयको फिल्ड निर्माणमा ९ लाख हिनामिना गरेको, अफ्गान पुल्ला सडक निर्माणमा ७० लाख बजेट बाट १७ लाख घुस खाएको, राधेदेखि विराखोला सडक स्तरउन्नतिमा ५ लाख रुपैँया हिनामिना गरेको, कोभिड १९ लाई नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८ हजार रुपैयाँ वडा सचिवको किर्ते हस्ताक्षर गरी चेक साटेर हिनामिना गरेको,

बाहुन गाउँ देखि अफ्गान खानेपानी योजना बाट २५ लाख रुपैयाँ हिनामिना गरेको, स्वास्थ्य चौकीको सोलार खरिदमा सबै काम सम्पन्न भएको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएको, थालीखोला मुहान बाट जेवा खानेपानी योजना बाट ७ लाख रुपैयाँ हिनामिना गरेको, सरकारले विकास योजनाका लागि दिएको प्राप्त बजेटलाई काम गुणस्तरीय नगरी आफ्नो जीवन मात्र समृद्ध बनाएको आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *