नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनको त्रैमासिक शास्त्रार्थ पहिलो अंक प्रकाशित 

News

काठमाडाैँ, माघ २ गते । नेपालका बौद्धिक प्राज्ञिक अगुवाहरुको नँया प्रकाशन हो (शास्त्रार्थ त्रैमासिक) नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन, केन्द्रीत समितिद्धारा शास्त्रार्थको पहिलो अंड्ड प्रकाशित भएको छ । जसमा नेपाल कम्युनिष्ट पाटीका महासचिब बिप्लवको लेख छ । नेपाली समाजको वर्तमान राजनितीक, आर्थिक,सांस्कृतिक समस्याको जड भनेको व्यवस्थाको जड हो । पात्र वा सरकार मात्र बदलेर सम्स्याको समाधान सम्भव छैन भन्ने जिकिर लेखकको छ । उनले सत्तामानै परिवर्तन आवश्यक रहेको दाबि गरेका छन् ।

त्यसैगरी प्रा.कृष्ण खनालले व्यवस्थाको नभएर पात्र वा नेतृत्वकर्ता राम्रो भए देशको समस्या समाधान गर्न सकिने दावि लेखमा गरेका छन । २००७ सालयता भएका फरक फरक राजनितिक परिवर्तनले देशलाई किन समृद्ध बनाउन सकेन त ? भन्ने प्रश्नमा लेखक मौन छन । त्यसैगरी लेखक आहुतीले राजनितिक अस्थिरताको कारण राज्यसत्ता नै रहेको दाबि गरेका छन् भने विद्धान मोहना अन्सारीले राजनितिक र आर्थिक सङ्कटक अझै गहीरिदै जाने प्रक्षेपण गरेको छन् । अन्य विद्धानका बिरारोत्तेजक सामाग्री, समाचार र तस्विर समेत रहेको यो अङ्क पठनिय र सङ्ग्रहनीय छ । जसले राजनीतिकर्मी, विद्धानवर्ग र अध्येताको लागि पथ प्रदर्शन गर्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *