आज माघ १ गते, गाउँमा पुर्ख्यौली लोकोक्ती अनुसार वर्खा शुरु भएको दिन । वुढा पाकाहरु भन्थे, वर्खाभरिमा मरिन्छ, वाँचिन्छ… ! वढो चिन्ता गर्दै सवै आफन्तजन र परिवारमा वसेर खानेर मनाउने पर्व “माघे संक्रान्ति”। म र सुरेन्द्र जीलाई राज्यको कथित सुरक्षाकर्मी पुलिसहरुले खाना खानलाई वसिरहेको घरवाट गिरफ्तार गरि ल्याएको एकमहिना वितिसकेको छ । जाडो महिनाको उत्तरार्द दिनहरु भएपनि गाईघाट भित्री मधेश भएकोले विहान ९:०० वजेसम्म हुस्सुले छपक्कै ढाकेको हुन्छ । रात्रि समय पनि चर्कै जाडो छ । दिनमा भने पारिलो घामले केहिक्षण भएपनि एकप्रकारको आनन्द दिन्छ ।
माघ १ गते किरातीहरुको नयाँवर्ष भएपनि चौधरी र मगर समुदायले मान्ने माघि पर्वको कारणले आज हामी माथिको अभियोगमा जिल्ला अदालतमा थुनछेकको वहश नहुने भयो । हिजो नै न्यायधिसले हामिलाई यो कुराको जानकारी गराएको थियो । आज अदालत जानू नपर्ने भएकोले खाना खाएर त्यसै फुर्सदिलो गफमा वसिरहेका थियौं । यताउता गर्न पनि खास नमिल्ने खालको साघुरो कोठा छ यो । अघिल्लो पटक ०७५ भाद्रमा अर्को कोठामा थुनेको थियो । यसपटक अर्कै कोठामा । उसैमाथि नागरिकता किर्ते गरेको अभियोगमा एकजना वहालवाला Indian Army ….. थापामगर र ठगि गरेको अभियोगमा एउटा NGO को सचिव …… दनुवार पनि यहि कोठामा हामी संगै छन् । तर उनिहरु पनि मिलापि नै छन् । जाडोको समय भएकोले साँघुरो कोठा भएपनि ठिकै छ । अर्को ठूलो कोठामा ३९ जना राखेका छन् । त्यहि कोठामा हाम्रो पनि शौचालय जानू पर्ने भएकोले जाँदै पिच्छे भेट भईरहन्छ । ३९ जनामा ३२ जना चाहिँ लागू औषधको अभियोगमा थुनिएकाहरु छन् ।
यस्तैवेला एकजना अधिवक्ता आईपुग्नु भयो हातमा प्लाष्टिको पोका झुण्डाउदै । कन्ट्रोल रुममा आएपछि ड्युटीले सोध्दा थाहा भयो खानेकुराहरु रहेछ । तपाईको वहिनिले पठाईदिएको है भनेर परैवाट हामिलाई सुनाउदै उनले त्यहि जिम्मा लगाएर फर्कियो । यस्तो खानेकुराहरु सामान्यतया ल्याउने मान्छेलाई खान लगाएर मात्र दिने गर्छ पुलिसले वन्दिहरुलाई । यहाँ पनि खान लगाउदै थियो । हामिले भित्रवाट नै हाम्रो हो भने त्यसो गर्न पर्दैन । विषादी खाएर हामिलाई आफै मर्न मन पनि छैन अनि हाम्रो आफन्तले पनि हामिलाई त्यसरि मार्न चाहदैन किन चाख्नु पर्यो र ? हामी खैनि चुरोट पनि खादैनौ भन्ने कुरा तपाईहरुलाई नै थाहा छदैछ भनेर भन्यौ । पोका हामितिर दियो डिउटि भाईले । पोका भित्र मासु, तरुल र सेलरोटी थियो । अनिता वहिनिले पठाएकी भन्ने कुरा अघि नै अनुमान गरीसकेका थियौं । मानिआएको पर्वको वेला राजनैतिक प्रतिशोधले राज्यशक्तिको दुरुपयोग गरि शासकहरुले हामीलाई थुनेका छन् । उसको नियन्त्रणमा बन्द कोठाभित्र रहँदा घर परिवारको याद र संस्कारले अलि अलि चिमोटि रहेको थियो नै । सडिसकेको चामलको स्वाद विहिन खाना माथि 2/4 वटा मुसुरीको गेडा देखिने दाल र एकाछेउमा आलु र वन्दाकोभि वा न्युटेला ( भटमासको पिना) को मिश्रित तरकारी संग जीवन धानिरहेका हामिहरुलाई यसरी घरको खानेकुरा नै आईपुगेपछि अलिकति खुशी अनि वढी चाहिँ भावना छचल्कियो । विचार र दृष्टिकोणले जोडिएको वर्गिय सम्वन्धले नै यो अवस्थामा हामी सम्म यी चिजहरु आइरहेको थियो । आफै अस्तिमात्र भर्खर हिरासतवाट निस्केकी उनी । यहाँभित्रको पीडा महशुस राम्रै गरेकी हुनुपर्छ । हामिले उनलाई त्यसवेला चाहेजती सहयोग गर्न त सकेनौं तर हामिले चाहिँ धक फुकाएर मासु, तरुल र रोटी समात्यौं ।
हामी आफैले ज्यान फालेर ल्याएको गणतन्त्रमा राजनैतिक आस्थाको आधारमा शासकहरुको नियन्त्रण भित्रको पिडाले चिथोरे पनि आशुले आँखाको डिलवाट हामफाल्न काहाँ पाउँछ र … ! तिनिहरुको अगाडी आफुलाई कहिल्यै कमजोर देखाउन हुदैन नै । आफू स्ट्रोङ महशुस गरे ओठहरुमा हाँसो आफै आउने रहेछ । वहिनिले पठाई दिएको खानेकुरा खादै गर्दा अधिवक्ता वैकुण्ठ दाइ, भाउजू र वुहारिले फेरि तरुल र सेलरोटी लिएर आईपुग्नु भएछ । उहाँ पनि पञ्चायतकालमा लामो समय यस्तो पीडा भोगेको कुरा हामिलाई सुनाई रहनु हुन्थ्यो । उहाँको त्यो कुराले हामिलाई थप बलियो वनाउँथ्यो नै । आज पनि थप उत्साह थपेर जानुभयो । सवै खानेकुराहरु लाई साथिहरुसंग वसेर मिठास र आत्मियता पुर्वक खायौं ।
प्रहरी हिरासत, जि.प्र.का.गाईघाट
२०७६ माघ १ गते ।
