नेकपा ललितपुरद्वारा भूमाफियाको जग्गा कब्जा

Political

 

ललितपुर, पुस ३० गते । नेपाल कम्युनिष्ट पार्टी ललितपुर जिल्लाले भूमाफियाको ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ६ सानोगाउँमा कित्ता नम्बर ६ मा फैलिएको ३७ आना जग्गामा पार्टीको झण्डा र ब्यानर गाडेर कब्जा गरेको छ ।

२००७ साल भन्दा अगाडिदेखि इन्द्रराम महर्जनको बाबु बाजेले जोतभोग गर्दै आएको उक्त जग्गा बुद्धरत्न महर्जनले जालसाझी गरि मालपोत र नापी कार्यालयलाई प्रलोभनमा पारि आफ्नो नाममा पास गरेर सोझा किसानलाई उपभोगबाट बन्चित गरेको, गुण्डागर्दिको शैलीमा किसानलाई धम्काउने काम गरेको हुँदा पनि उक्त पिडित किसानले कहि कतैबाट न्याय नपाएपछि नेकपा ललितपुर जिल्ला कमिटीमा निवेदन पेश गरे अनुसार नेकपा ललितपुरले उक्त भूमाफियाको जग्गा ब्यानर र झण्डा गाडेर कब्जा गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *