पृथ्वीनारायण शाहबारे नेकपाका नेता ओम पुनले के भने

Economic

पृथ्वीनारायण शाहकाे आज जन्मदिन पुस २७ गते । बिक्रम संवत् १७७९ पुस २७ मा गाेर्खामा जन्मिएका पृथ्वीनारायण शाहकाे याे ३००आै जन्मदिन हाे । यसलाई पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस पनि भन्ने गरिएको छ । यसका बारेमा थुप्रै पक्ष र विपक्षमा बहस र बिचार पनि प्रस्तुत हुने गरेका छन् । राज्यले पृथ्वीनारायण शाहलाई राष्ट्रिय विभुती मानेको छ र राज्य एकिकरणका नायक तथा राष्ट्र निर्माता भन्ने पनि गरिएको छ । यसका बिषयमा दुईवटा अतिवादी बिचार अघि आएका छन् । एउटा पृथ्वीनारायण शाहलाई अति देवत्वकरण गर्ने र राजतन्त्रको महिमा गान गाउने अनि अर्काे पृथ्वीनारायण शाहलाई दानविकरण गर्ने र राष्ट्रिय स्वाभिमानलाई कम्जोर बनाउने । यी दुबै अतिवादी साेचाइका बिचबाट पृथ्वीनारायण शाह र उनको याेगदानलाई सहि प्रकारले बुझ्न र बुझाउन जरुरी छ । यसको लागि निम्न बुदाहरुलाई बहसको लागि अघि सारिएको छ ।
१) पृथ्वीनारायण शाह सामान्यतया राजा मात्रै नभएर एक कुशल राजनेता थिए जसले तत्कालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनिती परिवेशलाई राम्रोसँग बुझ्ने र साेहि अनुसार आफू अघि बढाएका थिए ।
२) उनी एक कुसल युद्ध रणनीतिककार र शाहसिक राजा थिए तर उनको राज्य बिस्तार ,भन्ने गरिएको जस्तो राष्ट्रिय एकीकरण र राष्ट्र निर्माण थिएन, बरु ठुलो देश निर्माण र राज्य बिस्तार थियोे ।
३) त्यसैले पृथ्वीनारायण शाहाले गरेको राष्ट्रियएकिकरण नभइ देश एकिरण वा बिस्तार थियाे र हाे । राष्ट्र भनेको जनता हाे र राष्ट्रियता भनेको जनताको संस्कृति हाे । उनको देश बिस्तारले यहाँको जनसंस्कृत र रैथाने जनता हैन कि शासकीय संस्कृति र शासक बर्गकाे बिस्तार गरेको थियो ।
४) त्यो भनेको शासकिय जाती, शासकीय भाषा र शासकीय धर्म /संस्कृतिको बिस्तार थियोे । जनताको परम्परागत संस्कृति र भाषा माथिको दमन थियोे ।
५) तर त्यो राज्य सत्ताको काेणबाट हेर्दा त्यतिबेलाकाे सामाजिक अन्तरबिराेध र परिस्थितिको उपज र आवश्यकता थियोे । यसलाई त्यो बेलाको परिवेशमा ठिकै मान्नुपर्छ । यसलाई हामीले इतिहासको उपलब्धि मुलक शिक्षाको रुपमा लिनुपर्छ । तर त्यसकै आधारमा पृथ्वीनारायण शाहको बंश परम्परा अनन्त कालसम्म नेपालको शासन सत्तामा रहनुपर्छ र याे वा त्यो नामको राजतन्त्र चाहिन्छ भन्ने तर्क गलत छ ।
६) यसका अलावा अहिलेकाे नेपाल देशको जुन नक्शा र आकार छ, यसका निर्माता र नायक पृथ्वीनारायण शाह नै हुन । यस मानेमा पृथ्वीनारायण शाहलाई नेपालका देश निर्माता भन्नुपर्छ र त्यहीँ आधारमा सम्मान गर्नुपर्छ । यद्यपि इतिहासका निर्माता जनता हुन तर सक्षम नेतृत्व बिनाको जनताले मात्रै त्यो सम्भव छैन ।
राज्यले पनि एउटा देश निर्माता र कुशल राजनेताको रुपमा सम्मान गर्नुपर्छ । यसलाई नजरअन्दाज गर्नुभनेकाे इतिहासको अवमूल्यन गर्नु हाे, हाम्रो राष्ट्रिय स्वाभिमान र पहिचानलाई कम्जोर पार्नु हाे ।
७) हाम्रो नेपालको पछिल्लो पिढीले पृथ्वीनारायण शाहका युद्ध रणनीति , आर्थिक निति , परराष्ट्र संबन्ध र सामाजिक अन्तरबिराेध संबंधी नितिलाई गहिरो संग विश्लेषण गरि अहिलेकाे हाम्रो साेसल साइन्स र टेक्नोलोजी बिकास गर्नुपर्छ साथै अन्तर्राष्ट्रिय राजनीतिक शक्ति सन्तुलनलाई पनि आफ्नो कावुमा लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *