भारतले लिम्पियाधुरा,कालापानी र लिपुलेक अतिक्रमण गरेर सार्वभौसत्तामाथि हस्तक्षेप गर्यो:कञ्चन

International

नेपाली भूभागबाट आफ्नो सेना तत्काल फिर्ता लग्न भारतलाई नेकपाको चेतावनी

काठमाडौँ,  पुस २६ गते ।  नेपाल कम्युनिस्ट पार्टीले वक्तव्य जारी गरी भारत सरकारले नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणा गरेकोमा चिन्ता र आक्रोशसँगै निन्दा प्रकट गरेको छ । नेकपा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले वक्तव्य जारी गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका अतिक्रमित भूमि हुँदै चीनको मानसरोवर जाने बाटो विस्तार गर्ने निर्णय गर्दा पनि नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको सरकार भारतीय रबैयाप्रति चुप लागेर बस्नु, नेपालका लागि भारतको दलाली गर्नु, उसको साम्राज्यववादी नीतिप्रति दब्बुपना देखाउनु देश र जनताका लागि शर्मनाक विषय रहेको भन्दै तत्काल कूटनीतिक पहल लिएर अतिक्रमणकार्य रोक्न आह्वान गरेका छन् ।

नेकपा नेता कञ्चनद्वारा सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणाले हाम्रो पार्टीको ध्यानाकर्षण गरेको छ । नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको नेपाल सरकार भारतीय रबैयाप्रति चुप लागेर बस्नु, नेपालका लागि भारतको दलाली गर्नु, उसको साम्राज्यववादी नीतिप्रति दब्बुपना देखाउनु देश र जनताका लागि शर्मनाक विषय हो ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘हाम्रो पार्टी भारत सरकारलाई यो साम्राज्यवादी हर्कत तुरुन्त बन्द गर्न जोडदार अपिल गर्दछ र नेपाल सरकारलाई तुरुन्त कूटनीतिक पहलबाट त्यस क्षेत्रको सार्वभौमिकताको सुरक्षा सुनिश्चित गर्न जोडदार माग गर्दछ । साथै लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका जनताको जनगणना गर्नबाट भारतले रोकावट गर्नु नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप हो । कूटनीतिक पहलबाट यी मुद्दाहरु सल्ट्याउन पनि हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *