कुनै पनि निर्वाचनमा सहभागी नहुने  नेता धमेन्द्र बास्तोलाको दाबी

News

बाँके, पुस २५ गते ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कुनै पनि निर्वाचनमा सहभागी नहुने केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोलाले बताएका छन्। जनपत्रकार संगठन बाँकेले आइतबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले निर्वाचनबारे छिट्टै पार्टीमा छलफल गरेर निर्क्याैल गरिने प्रष्ट्याए।

‘अहिलेको अवस्थामा जनमत संग्रहको चुनाव गराऔं, त्यो भयो भने हामी भाग लिन्छौं, यही अवस्थामा ‘दलाल’ र ‘पुँजीवादी’ सँग हामी चुनावमा भाग लिदैनौं,’ उनले भने। आफ्नो पार्टीले जनमत संग्रहबाट चुनाव गराउनुपर्ने माग गरेको उनले जोड दिए।

‘हामीले के भनेका छौं भने जनमत संग्रहको निर्वाचन गरौं, प्रगतिशील राज्य प्रणाली निर्क्याैल गरौं, नेताहरू चुनिएर जानुपर्छ, गाउँको पनि चुनाव गर्नुपर्छ, प्रदेशको पनि चुनाव गर्नुपर्छ, भोलि केन्द्रको होला, सरकार चाहिँ चुनावबाटै गराउनु पर्छ,’ उनले थपे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *