एमसीसी कुनै पनि हालतमा खारेज गर्नुपर्छ : राजनीतिक तथा प्राज्ञिक व्यक्तित्वहरु

News Political

वसन्त विक/नेपालगञ्ज, पुस २५ गते ।  एमसीसी सम्झौता नेपालको लागि राष्ट्रघाती सम्झौता भएको र यसलाई कुनै पनि हालतमा खारेज गर्नुपर्ने राजनीतिक तथा प्राज्ञिक व्यक्तित्वहरुले बताएका छन् ।

शनिबार नेपालगंजमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागले आयोजना गरेको ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तरक्रिया कार्यक्रमका बोल्ने राजनीतिक तथा प्राज्ञिक क्षेत्रका वक्ताहरुले यो सम्झौता नेपालको हित विरुद्ध भएको बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा विदेश विभाग इन्चार्ज धर्मेन्द्र वास्तोला कञ्चनले पूजीवाद भनेको सैतानका बङगाराको बिउ छर्ने व्यवस्था भएको भन्दै एमसीसी पनि त्यसकै उपच भएको टिप्पणी गरे ।
नेता कञ्चनले एमसीसी सम्झौता नेपालको लागि राष्ट्रघाती भएको र कुनै पनि हिसाबबाट राम्रो हुन नसक्ने भन्दै माथि एमसीसी र भित्र ५५ अर्व अनुदान मात्र लेखेर दिए पनि यो स्वीकार गर्न नहुने बताए ।
उनले एमसीसीका ८ धारा, ४० वटा खण्ड र ८० बढि उपखण्ड भएको उल्लेख गर्दै यसलाई नेपालको संविधानमाथि राखेर चीनलाई घेराबन्दी गर्न नेपाल सैन्य परेड स्थल बनाउने दाउमा अमेरिका रहेको बताए ।
नेता कञ्चनले एमसीसीका बुँदाबारे प्रष्ट पार्दै भने, “एमसीसीका बुँदासँग नेपालको कानून बाँझिएमा नेपालको कानून निस्कृय हुनेछ, बौद्धिक सम्पत्ति अमेरिकी सम्पत्ति मानिनेछ, एमसीसीमा काम गर्ने कर्मचारीको नागरिकता पासपोर्ट चेकजाँच गर्न पाइने छैन, एमसीएको रक्षा एमसीसी आफैले गर्नेछ, एमसीसीको नोक्सान नेपालले तिर्नुपर्नेछ, एमसीसी अमेरिकाले बन्द गर्न चाहे एकै पटक बन्द गर्न सकिने छ तर नेपालले चाहेमा बन्द हुने छैन,यो संसदबाट पास गर्नु पर्नेछ ।” जस्ता प्रावधान राखिएका छन् । उनले भने के यो कुरा राष्ट्रवादी भन्न सकिन्छ ? नेता कंचनले एमसीसी नेपालबाट खारेज गर्नुको अर्को कुनै पनि विकल्प नभएको बताए ।
नेता कञ्चनले भने ‘सबैलाई समान अवसर, समान सम्पत्तिको अधिकार र समान स्वतन्त्रता नै लोकतन्त्र हो तर यसको ठिक उल्टो अमेरिकाले लोकतन्त्रको उपहास गरेको छ ।’ अमेरिका लोकतन्त्रवादी होइन यो आतंकवाद उत्पादन गर्ने नाइके हो उनले भने ।
विश्वमा अहिले अमेरिकी लोकतन्त्रको धज्जी उडेको भन्दै उनले पूँजीवादी व्यवस्था टिकाउन अमेरिकाले आफ्नो मुख्य उत्पादन हतियार बनाएको र इराक, अफगानिस्तान लगायतका देशहरुमा युद्ध थोपरेर आफ्नो व्यापार गरेको बताए ।
अन्तरक्रियामा नेकपाका केन्द्रीय सदस्य दिपकले एमसीसी नेपालको राष्ट्रिय स्वाधीनता विरुद्धको हतियार भएको बताए । उनले यसलाई खारेज गर्न भौतिक तागत र बौद्धिक तागत बिचको एकता आवश्यक भएको बताए । अन्तरक्रियामा एमसीसी र अमेरिकी लोकतन्त्रबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्दै नेकपाका विदेश विभाग सदस्य तथा अन्तराष्ट्रिय प्रशिक्षक नर बहादुर कार्कीले एमसीसी अमेरिकी सैन्य रणनीति इन्डोप्यासेफिकको अभिन्न अंग भएको बताए ।
नेकपा (क्रान्तिकारी माओवादी) का लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले एमसीसी विकास नभएर विनासको रुपमा आएको टिप्पणी गरे ।
प्राध्यापक जनार्धन शर्माले एमसीसी नेपालको लागि काउछो भएको भन्दै यसलाई हटाउनु पर्ने बताए । अमेरिकी प्रतिनिधिहरुले नै एमसीसीको रकम अनुदान नभएको र लगानी भएको भनिरहँदा पनि नेपालका दलालहरु अनुदान पनि कराइरहेकोमा आश्चार्य व्यक्त गरे ।
अर्का प्राध्यापक हरि पोख्रेरेले एमसीसीका धेरै जसो सम्झौताहरु गुपचुप राखिएको भन्दै जति बाहिर आएका छन् ती राष्ट्रियहित विरुद्धका प्रशस्त डकुमेन्टको आधार भएको बताए ।
प्राध्यापक कमानसिंह बोहोराले ज्ञानेन्द्र बहादुर कार्की र युवराज खतिवडाले एमसीसीका डकुमेन्टहरुमा हस्ताक्षर गरेर सबैभन्दा ठूलो राष्ट्रघात गरेको टिप्पणी गरे ।
प्राध्यापक नरेन्द्र स्वाँरले नेपाली गरिब नभएको भन्दै अमेरिकाले नेपाललाई गरिब जस्तो बनाएर आफ्नो स्वार्थमा एमसीसी नेपालमा ल्याएको बताए ।
वरिष्ठ पत्रकार झलक गैरेले नेपालका राजनीतिक दलको स्तर कमजोर भएको र एमसीसीलाई गुम्राहमा राखेर राष्ट्रघात गर्न खोजेको जिकिर गरे ।

कार्यक्रममा बास संस्थाका मोहन भण्डारीले यसका फाइदा र बेफाइदाका बारे जनतामा स्पष्ट पार्नुपर्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रका राजनीतिज्ञ, प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
नेकपाका अन्तराष्ट्रिय विभाग सदस्य नर बहादर कार्कीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *