मल बीउ,अनुदान वितरणमा भएको भष्ट्रचार र कमिसनविरूद्द किसान महासंघको प्रदर्शन

National

अखिल नेपाल क्रान्तिकारी किसान महासंघको काठमाडौंमा प्रदर्शन

काठमाडौं,  पुस  २४ गते । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी किसान महासंघले शुक्रबार राजधानीमा विरोध र्‍यालीसहित प्रदर्शन गरेको छ ।

मल बीउ र अनुदान वितरणमा भएको भष्ट्रचार र कमिसनमा जोडिएका सम्पूर्ण अपराधीहरूलाई कारबाहीको माग गर्दै किसान महासंघको आयोजनामा काठमाडौंको शान्तिबाटिकामा दबाबसहित विरोध र्‍यालीसहित प्रदर्शन गरिएको हो ।

अ. ने. क्रा. किसान महासंघले किसानको हकहित र अधिकार, किसानको सुरक्षा र संरक्षणको लागि सम्पूर्ण किसानहरूलाई आजको दबाब मूलक कार्यक्रममार्फत सुसूचित गराएको महासंघका केन्द्रीय नेताहरुले बताएका छन् ।

उक्त विरोध प्रदर्शनमा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा महासंघको फ्याक्सन इन्चार्ज सन्देश पौडेल, अतिथिहरु किसान महासंघका अध्यक्ष हरि श्रेष्ठ, नेकपा केन्द्रीय सदस्य माइला लामा लगाएतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घोषण महासंघका सचिवले गरेका थिए । र्‍याली शान्तिबाटिकाबाट सुरू भई शहिदगेट सुन्धारा हुँदै पुनः शान्तिबाटिकामा आएर कोणसभा गरी सम्पन्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *