रामेछाप, पुस २२ गते । रामेछापकाे उमाकुन्ड गाउपालिका ७ भुजी निवासी दावा शेर्पा भालुको आक्रमनबाट गम्भीर घाईते भएका छन् । नेकपा (माओवादी केन्द्र) गाउँपालिका समितिका सदस्य रहेका शेर्पा हाल काठमाडाैँकाे महाराजगञ्ज स्थित टिचिङ अस्पतालमा उपचार भइरहेको जानकारी नेकपा (माओवादी केन्द्र) उमाकुन्ड गाउँपालिका वडा नं. ७ का अध्यक्ष तेजबहादुर नेवारले दिएका छन्। उनले बताए अनुसार, शेर्पा बनमा जानेक्रममा भालुकाे आक्रमनमा परेका हुन् ।