इलाम, पुस २१ गते | नेपाल कम्युनिस्ट पार्टी इलामले सहिद स्मृती प्रतिक्षालय निर्माण कार्य थालेको छ । सानो पार्क सहित उक्त प्रतिक्षालय बन्न लागेको हो । इलाम स्थित माइ नगरपालिकाको शितली बजार देखि नजिकै चिया बारि शितल ताप्ने ठांउमै प्रतिक्षालय निर्माण हुन लागेको हो ।
युवा अभियानका अभियान्ता र पार्टिका नेता कार्यकर्ता हरुको संयुक्त श्रमदानमा निर्माण प्रारम्भ भएको प्रतिक्षालय पुर्ण रुपमा सम्पन्न हुंदा सम्म श्रमदान सहित ४ लाख जति खर्च हुन सक्ने पार्टिका केन्द्रीय सदस्य तथा इलामका इन्चार्ज सुमनसिंहले बताए । यस निर्माण कार्यलाइ पार्टिले आन्तरिक उत्पादन र सहयोगीहरुको सहयोग द्वारा सम्पन्न गर्ने सिंहले जानकारी दिएका छन ।
प्रतिक्षालय निर्माण कार्यमा पार्टिका केन्द्रिय सदस्य सुमनसिंह, केन्द्रीय सल्लाहकार समितिका सदस्य होम खतिवडा , पार्टिका जिल्ला सेक्रेटरी मौसम, माइनगर पालिका इन्चार्ज अर्जुन गोतामे, जिल्ला सदस्य तथा सहिद परिवारका बिमल आचार्य , नारद साम्पाङ्ग, युवा अभियानका प्रमुख दिप लगायतको उपस्थिती रहेको थियो भने उपस्थित सबैले श्रमदान गरेका थिए