मकर गुरुङ सच्चा मालेमावादी, सच्चा कम्युनिस्ट र क्रान्तिकारी नेता हुन् : नेता कञ्चन

News

कम्युनिस्ट आन्दोलनका योद्धा मकरध्वज गुरुङको सम्मानमा स्मृति कार्यक्रम सम्पन्न

काठमाडौँ , पुस १९ गते । नेपाल कम्युनिस्ट आन्दोलनका अथक योद्धा मकरध्वज गुरुङ अविरलको सम्मानमा आयोजित स्मृति कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी तुल्सिनारायण र प्रमुुख अथिति पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला कञ्चन रहेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कञ्चनले मकर गुरुङ सच्चा माक्र्सवादी, लेनिनवादी, माओवादी, सच्चा कम्युनिस्ट र क्रान्तिकारी भएको स्मरण गरे । गुरुङ सर्वहारावर्गको मुक्ति, नेपाली जनताको मुक्ति र नेपालको परिवर्तनको निम्ति सधैँ क्रान्तिको पक्षमा अडिग रहेको उहाँको योगदानलाई सम्मान व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला लामाले केही वर्ष अगाडि मकर गुरुङले आफुलाई भनेको कुरा स्मरण गरे ।

उनले भावुक हुँदै भने,`हामी जित्ने छौं हाम्रो दिन उज्यालो छ दलालहरुको दिन अध्याँरो छ मकर गुरुङले भन्नु भएको थियो । उहाँ प्रेरणाको श्रोत हो हाम्रो, कहिले नथाक्ने, अथक योद्धा, कहिले नहार्ने, कहिले नझुक्ने, साहसी योद्धा, आतिला निडर मान्छे, कोही हामी माझ हुनुहुन्छ भने मकर दाई खडा भएको महशुस हुन्छ, कोही मायालु मान्छे कोही हुनु हुन्छ भने त्यहाँ मकर दाई पाउनुहुन्छ, उहाँ बोल्दा थोरै बोल्ने तर निकै गरुङ्गो, ओजस्वी र प्रेरणा र आदर्शका वाक्य बोल्नु हुन्थ्यो ।`

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य विजय सुब्बा, मकर गुरुङका छोरा खिलेन्द्र गुरुङ, नेकपाका केन्द्रीय सदस्य भृकुटी, कृष्ण सुब्बा र सम्पर्क मन्चका सुरेशले मकर गुरुङको स्मरणमा मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य कागेश्वरी नगरपालिकाका इन्चार्ज ध्रुबले राखेको थिए भने कार्यक्रमको सञ्चालन सफल बाबुले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *