भारी हिमपातका कारण रसुवा जिल्लाको जनजीवन प्रभावित भएको प्रति गम्भीर ध्यानाक्रसन

Economic
 रसुवा, पुस १४  गते । नेपाल कम्युनिस्ट पार्टी रसुवाले  एक प्रेस विज्ञप्ति जाहेर गर्दै गए राति देखि भएको भारी हिमपातका कारण जिल्लाको जनजीवन प्रभावित भएको प्रति गम्भीर ध्यानाक्रसन भएको जनाएको छ ।
हिमपात बाट प्रभावितहरुलाई न्यानो कपडा र पोषण युक्त खाध्यान्नको व्यबस्था गर्न सम्बन्धि निकाएलाई अनुरोध गरेको छ । चिसो अझै बढ्दै जान सक्ने भएकाले आम जनसमुदायलाई थप सजकता अपनाउन समेत अपील गरिएको छ ।
रसुवाको क्यान्जिन उपत्यका, लाङटाङ, थुमन, बृद्धिम, गत्लाङ, चिलिमे लगायत विभिन्न स्थानमा हिमपात भएको छ।
त्यसै गरी, गोसाइँकुण्ड तथा यस पदमार्गको चोलाङपाटी, लौरिविना, बुद्ध मन्दिर लगायत क्षेत्रमा बाक्लो हिमपात भएको छ। गत्लाङ आसपासमा करीब १ फिट हिउँ जमेको  बताइएको छ ।
जिल्ला सदरमुकाम धुन्चेमा करीब तीन वर्षपछि हिमपात भएको छ। यसअघि धुन्चेमा २५ माघ २०७५ मा हिमपात भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *