माओको योगदानको अनुशरण,मालेमाको वस्तुसङ्गत र व्यवहारिक प्रयोग गर्नु पर्छ : नेता अनिल विरही

News Political

संयुक्त ज.ब.स.ले गाउँदै/रमाउँदै मनाए माओ दिवस

काठमाडौँ, पुस  १४  गते । देशैभरी विभिन्न रचनात्मक कार्यक्रम गरी माओ दिवस मनाइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त ज.ब.स./मोर्चाद्वारा १२९ औँ माओ जयन्तीको अवसरमा शुभकामना आदानप्रदानसहित माओ दिवस मनाइएको छ ।

आइतबार राजधानीको डिल्लीबजारस्थित विजय स्मारक कलेजको हलमा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य अनिल शर्मा ‘विरहि’, केन्द्रीय सदस्य मिलन, अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्ष चिरञ्जीवी ढकाल, गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, सम्पर्क मञ्का अध्यक्ष रत्न मगर, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापा, जनपत्रकार सङ्गठन नेपालका संयोजक शेरबहादुर विश्वकर्मा, उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण बस्नेत, लेखक संघकी अध्यक्ष शोभा दुलाल, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका उपाध्यक्ष मिनराज गिरी, कर्मचारी महासंघका सल्लाहकार गोपालसिंह धामीलगायत पत्रकार, बुद्धिजीवी र अन्य नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

शुभकामना आदानप्रदानको क्रममा प्रमुख अतिथि अनिल शर्मा ‘विरही’ ले माओका वैचारिक, आर्थिक र समाज शास्त्रीय योगदानहरूको चर्चा गरे । आजको सन्दर्भमा माओलाई सम्झनुको अर्थ उनका योगदानको अनुशरण र आजको सन्दर्भमा मालेमाको वस्तुसङ्गत र व्यवहारिक प्रयोग गर्न सक्नु हो उनले भने ।

यस्तै कार्यक्रममा केन्दीय सदस्य मिलनले “चाहिँदैन एमसीसी हामीलाई चाहिँदैन, राष्ट्रघाती एमसीसी ल्याउन पाईदैन” खबरदार अमेरिका हाम्रो स्वाधीनता र स्वतन्त्रतामा आँखा नलगाउँ भन्ने बोलको गीत गाउँदै शुभकामना मन्तव्य राखेका थिए । यस्तै विद्यार्थी नेतृ एवम् उदियमान कविद्घय प्रजिना दर्नाल र साया सापकोटाले कविता वाचन गर्दै कार्यक्रमलाई थप शोभायमान बनाएका थिए ।

जनयुद्धका सहिद तथा बेपत्ता पसिवार समाजकी संयोजक खुमा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममको सञ्चालन अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *