नुवाकोट, पुस ११ गते । नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन नेपाल नुवाकोटले राजनैतिक समस्याको समाधानः संसदिय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ? विषयक विचार गोष्ठी सम्पन्न गरेको छ ।
शुभलाल श्रेष्ठको सभाअध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन नेपालका फ्याक्सन इन्चार्ज अनिल शर्मा विरही, अतिथिहरु केन्द्रीय सदस्य तथा नुवाकोट, रसुवा जिल्ला इन्चार्ज बिन्दु, नुवाकोट जिल्ला सेक्रेटरी सृजन, रसुवा जिल्ला सेक्रेटरी हरि, वरिष्ठ चिकित्सक तथा बौद्धिक व्यक्तित्व केदारनरसिह केसी, एमाले नेता तथा बौद्धिक व्यक्तित्व रामशरण प्याकुरेल, माओवाद केन्द्रका केन्द्रीय सदस्य तथा रसुवा इन्चार्ज इन्द्र गौतम, अर्थविद् दिपक शर्मा, प्राध्यापक भरत सिग्देल रहेका थिए ।
स्वागत मन्तव्य जागरण मन्च नेपाल नुवाकोट जिल्ला सयोजक विष्णु खड्काले राखेपछि प्रमुख वक्ताले ७ पेजको कार्यपत्र प्रस्तुत गरे । सो कार्यपत्रको टिप्पणी भरत सिग्देल, इन्द्र गौतम, रामशरण प्याकुरेल, केदार नरसिंह केसी र दिपक शर्माले गरे । अन्तरक्रिया कार्यक्रममा सोधिएका प्रश्ननहरुको जवाफ प्रमुख वक्ताले जिज्ञासा र प्रश्नको जवाफ दिएका थिए ।
वैज्ञानिक समाजवाद नै वर्तमान संंसदिय व्यवस्थाको निकासको विकल्प रहेको भन्दै एकीकृत जनक्रान्तिमा गोलबन्द हुन कार्यक्रमका प्रमुख वक्तालृ जोड दिएका थिए । अन्य बक्ताहरुले सुनौलो जनताको वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन नेकपालाई शुभकामना समेत दिएका थिए।
कार्यक्रमको सन्चालन बुद्धिजीवि संगठनका केन्द्रीय सदस्य नन्दलाल खरेलले गरेका थिए । ।
१०० भन्दा बढी शुभचिन्तकको उपस्थिति रहेको कार्यक्रम पाउना घर, बिदुर नुवाकोटमा भव्य रुपमा सम्पन्न भएको थियो ।