माओ दिवसको अवसरमा माओवादी केन्द्रका ७ जना नेकपा दोलखामा प्रवेश

Political

नकुल चौलागाईं / दोलखा, पुस ११ गते । नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति दोलखाले १२९ औँ माओ जयन्ती र शैलुङ गाउँपालिका वडा नं. ८ को भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सुरज थोकरको सेक्रेटरीमा १५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको सदस्यहरू रविन, अम्बर, बालासिङ, लालसिङ, पुजना, लालबहादुर, श्रीकृष्ण, रञ्जित, दिपेन्द्र, अस्मिता र नेपाल श्रमिक सङ्गठनका शैलुङ गाउँपालिका संयोजक लालबहादुर विकलाई चयन गरिएको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला सेक्रेटरी आकाश शर्मा र अतिथि जिल्ला कमिटी सदस्य सोम, गङ्गा जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य राजु कार्की, जिल्ला विद्यार्थी नेतृ पुजाना शैलुङ, ७ का वडा सेक्रेटरी सागर लगायतको उपस्तिथि रहेको थियो ।

प्रमुख अतिथि जिल्ला सेक्रेटरी आकाशले १२९ औँ माओ दिवसको शुभकामना साथै चीनमा माओले गर्नुभएको जनवादी क्रान्ति सांस्कृतिक क्रान्तिका विषयमा गहन भनाई राख्दै देशमा भएको भ्रष्टाचार बेतिथि वेरुजुका बिषयमा आफ्ना भनाई राख्दै उनले दलाललाई अब नेपाली जनताले नछाड्ने र यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताए । यस्तै अतिथि सोमले विश्व सर्वहारा वर्गको नायक कमरेड माओले पुर्याउनु भएको देनको विषयमा चर्चा गरेका थिए ।

सोही कार्यक्रममा माओवादी केन्द्रका पुर्व नेवा राज्य कमिटी सदस्य सुरज थोकरको नेतृत्वमा ७ जना विद्रोह गरि पार्टी प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई जिल्ला सेक्रेटरी आकाशले स्वागत र गणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य राजु कार्कीले शुभकामना मन्तव्य दिएका थिए ।

गङ्गा थपलियाको अध्यक्षता रहेको कार्यक्रममा स्वागत मन्तव्य पुजना बस्नेतले र नवगठित कमिटीलाई मानबहादुर तामाङले शुभकामना दिएका थिए भने कार्यक्रम सञ्चालन सागरले गरेका थिए । सो कार्यक्रममा जनताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *