नेकपा सिन्धुपाल्चोकले मनायाे १२९औँ माओ दिवस

Political

सिन्धुपाल्चोक, पुस ११ गते । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले १२९ औँ माओ दिवस कार्यक्रम बाहुनेपाटीमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक दोलखा इन्चार्ज प्रवीन रहेका थिए ।

सभालाई सम्बोधन गर्दै इन्चार्ज प्रविनले माओले योगदान गर्नु भएको दर्शन, राजनैतिक अर्थशास्त्र, वैज्ञानिक समाजवादको विषयमा चर्चा तथा परिचर्चा गरेका थिए । कम्युनिस्ट पार्टीको नेतृत्वमा सबै देशभक्त चीनियाँ जनतालाई एक बनाएर क्रान्तिभित्र शक्तिशाली जापानी साम्राज्यवादका विरुद्ध राष्ट्रिय स्वाधीनताको दीर्घकालीन सङ्घर्ष सन्चालन गरेको र चीनबाट जापानलाई धुलो चटाउन नेतृत्व गरेको उल्लेख गरे । उनले भने, `विश्वको तत्कालीन परिस्थिति र चीनको विशिष्ट सन्दर्भमा माक्र्सवाद लेनिनवादलाई सिर्जनात्मक ढंगले प्रयोग गर्ने क्रममा विश्व सर्वहारा वर्गको अखण्ड क्रान्तिकारी सिद्धान्त माक्र्सवाद-लेनिनवाद-माओवादमा विकास भएको छ । आज नेपाल सुखी नेपाल, समृद्ध नेपाल होइन दुःखी नेपाली विपन्न नेपाल संघिय लोकतन्त्र नामको दलाल पुजीवादी व्यवस्था यो लुटतन्त्रले बनायो त्यसकारण यसको अन्त्य गर्नको लागि नेपाल कम्युनिस्ट पार्टी हामी यो अभियानमा देशव्यापी चलाइरहेका छौँ ।`


जसरी हिजो चीनमा च्याङकाइसेकको सत्ता चिनिया जनताको हितमा थिएन त्यो सत्ता फाल्न माओको नेतृत्वमा संघर्ष गरे त्यसैगरी नेपालको अहिलेको व्यवस्था दलाल संसदीय पुजीवादी सत्ताको अन्त्य गरि वैज्ञानिक समाजवादी सत्ता ल्याउनको लागि विप्लवको नेतृत्वमा नेकपाले संघर्ष गरिरहेको बताए ।

उक्त कार्यक्रममा अर्का अतिथि तथा पार्टीका सिन्धुपाल्चोक जिल्ला सचिव युगीनले पनि माओ दिवस मनाउनुको तात्पर्य, माओको जीवनीबाट आफूहरुले नेपालको सन्दर्भमा र एकीकृत जनक्रान्तिमा लिनु पर्ने शिक्षाको बारेमा धारणा राखेका थिए । विश्वभरिका श्रमिक जनतालाई वैज्ञानिक समाजवाद– साम्यवादको महान् लक्ष्यमा अग्रसर गराउनु नै माओ दिवस मनाउनुको सार्थकता हुने उनले बताए । सर्वहारावर्ग, श्रमिक जनसमुदाय र उत्पीडित समुदायका पक्षमा लड्नु र नयाँ जनवादी क्रान्ति पूरा गर्नु नै माओप्रति सच्चा सम्मान हुने पनि बताए ।

कार्यक्रमको सभापति पार्टीका जिल्ला विशेष कमिटी सदस्य किरण घिमिरे गरेका थिए भने सन्चालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज रविन्द्र चौलागाईले गरेका थिए ।

कार्यक्रममा पार्टीका जिल्ला सदस्य कुमार, मेलम्ची नगर सचिव विनोदको पनि उपस्थित थियो । कार्यक्रममा जाल्पा देवी मा.वि. का प्रअ विष्णु गौतमले पनि शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *