नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन, नुवाकोटद्वारा विचार गोष्ठी भोली १२ बजे गर्ने

Political

नुवाकोट, पुस ९ गते । नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन, नुवाकोटले विचार गोष्ठी भोली शनिबार १२ बजे गर्ने भएको छ ।

जिल्लाको सुखद पाहुना घर बिदुरमा ‘राजनीतिक समस्याको समाधान : संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ?’ विषयक विचार गोष्ठी आयोजना गरिएको आगोजकले बताएको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पाटीका वरिष्ठ केन्द्रीय सदस्य तथा बुद्धिजीवी सङ्गठनका फ्याक्सन ईन्चार्ज अनिल शर्मा (विरही), डा.केदार नर्सिङ केसी, इन्द्र गौतम जगतजङ, रामशरण प्याकुरेल, बामबुद्धिजीवी भरत सिग्देल, अधिवक्ता नारायण अधिकारी लगायत वक्ताहरु रहेका छन् ।

कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण बुद्धिजीवी, पत्रकार र जनसमुदायमा हार्दिक अनुरोध समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *