काठमाडौँ, पुस ९ गते । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवबीच भेटवार्ता भएको समाचार प्राप्त भएकाे छ । बिहीबार साँझ भएको भेटवार्तामा समसामुहिक राजिनीतिक घटनाक्रम, माओवादी आन्दोलन पुनर्गठन, एमसीसीलगायतका विषयमा छलफल भएको भेटमा सहभागी नेकपाका युवा नेता भीम चापागाईँले बताएका छन् ।
भेटमा यादवले सबै माओवादी नेताहरु एक ठाउँमा आउनु पर्नेमा जोड दिएका थिए । उनले माओवादी नेताहरु फरक फरक धारमा उभिएका कारण जनताको रगत र पसिनाबाट प्राप्त उपलब्धीमाथि धावा बोल्न थालिएको, जनताका अधिकारी गुम्दै जाने खतरा बढेको भन्दै आत्मसमिक्षासहित सबै एक ठाउँमा आउनुपर्ने धारणा राखेकाे बताइएकाे छ ।
नेता सुदर्शनले भावनाले मात्रै काम नहुने भन्दै सबै विचारकै तहमा माथि उठ्न तयार हुनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी उनले माओवादी केन्द्र सरकारमा भएपनि आफ्नो पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको बताए ।
नेता भीम चापागाईँका अनुसार दुबै नेताहरु राष्ट्रियता, एमसीसीलगायतका विषयमा सहकार्य गर्दै अगाडि बढ्ने सहमत भएका थिए । भेटमा प्रगतिशील मोर्चा, नेपालका संयोजक सुजन यादव पनि सहभागी भएकाे बताइएकाे छ ।