राष्ट्रिय खेलाडीमाथि अपमानजनक कारबाहीप्रति महासंघको ध्यानाकर्षण

Sports

बुटवल, पुस ७ गते। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय खेलाडी कप्तान ज्ञानेन्द्र मल्ल उपकप्तान दिपेन्द्र सिंह ऐरी, तिब्र गतिका बलर सोमपाल कामी र कलम सिंह ऐरीलाई कारबाही गरेकोप्रति नेपाल गणतान्त्रिक खेलकुद महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव विनोद चन्दले एक प्रेस विज्ञप्ती जारी गरी नेपाली क्रिकेट अन्तराष्ट्रिय स्तरमै स्वर्ण पदक सम्भावना बोकेको राष्ट्रिय खेलाडीहरुको अपमानजनक कारबाहीको सत्यसथ्यसहित समाधान गर्न नेपाल क्रिकेट संघ क्यानलाई आग्रह गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, –‘विगतमा पनि व्यक्तिगत स्वार्थका कारण विवाद हुदा नेपाली खेलाडी खेल्नबाट बञ्चीत थिए भने नेपाल क्रिकेट संघले प्रतिबन्ध नै खेप्नु परेको थियो । यति बेला टि २० विश्वकप ग्लोबल छनोट तयारी आउन तीन महिना मात्र बाँकी हुदा उक्त छनोटको तयारीमा लाग्नुको साटो राष्ट्रिय खेलाडीहरुलाई कारवाही गर्नुले नेपाल क्रिकेट संघ क्यानप्रति प्रश्न उठेको छ । राजनैतिक अराजक र घमण्डले गर्दा नेपाली क्रिकेट करिएर नै खतरामा पर्ने देखिएकाले बेलैमा यस समस्याको सत्य तथ्य सहीत समाधान गर्न नेपाल क्रिकेट संघ क्यानलाई नेपाल गणतान्त्रिक खेलकुद महासंघले ध्यानकार्षण गराउन चाहान्छ ।’
विज्ञप्तीमा अगाडि भनिएको छ, –‘हाम्रो खेलपे्रमी संगठन नेपाल गणतान्त्रिक खेलकुद महासंघले खेल क्षेत्रमा रहेको गलत प्रवृत्तिका विरुद्धमा तथा खेल क्षेत्र, खेलाडी, प्रशिक्षक, संघ तथा कर्मचारीहरुको हकहित, अधिकार तथा बैज्ञानिक खेल नीति स्थापनार्थ चरणबद्ध संघर्षका कार्यक्रमहरु सञ्चालन गर्नुका साथै खेल क्षेत्रको बैचारिक स्तरलाई माथि उठाउन विभिन्न प्रकारका कार्यक्रमहरु र निरन्तर सञ्चालन गर्दै आइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *