झापामा राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध नेकपाकाे विरोध प्रदर्शन

International News

प्रवीण अधिकारी/झापा,  पुस ६ गते ।नेपाल कम्युनिस्ट पार्टी झापाले राष्ट्रघाती एमसीसी सम्झौताको बिरुद्ध विरोध प्रदर्शन गरेको छ ।

आज झापाको विर्तामोडमा भएको विरोध प्रदर्शनी र कोणसभालाई बुद्धिजीवी संघका केन्द्रीय सदस्य सुरेन्द्र कार्की, जिल्ला सदस्य तथा मेचीनगर इन्चार्ज जितु तामाङ, जिल्ला सदस्य तथा अर्जुनधारा इन्चार्ज दिपक कुरूङ्वाङ, जिल्ला सदस्य तथा विर्तामोड इन्चार्ज सौगात कटुवाल, जिल्ला सदस्य तथा कनकाइ इन्चार्ज युद्ध झापाली लगायतले सम्बोधन गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन भद्रपुर नगर इन्चार्ज सन्दिप खड्काले गरेका थिए ।

कार्यक्रममा बोल्दै नेताहरूले राष्ट्रघाती एमसीसी सम्झौताका बिरुद्ध सबै नेपाली जनतालाई एकै ठाउँमा उत्रन अपिल गरेका छन् । देशलाई समृद्धि बनाउने नाममा नेताहरूले धेरै राष्ट्रघाती सम्झौता गरिसकेको उदाहरण दिँदै फेरी संसदीय व्यवस्था र तिनका कारिन्दाहरू देश बेच्न लागिपरेको भन्दै देश बचाउन सबै नेपाली लागिपर्नुपर्ने उल्लेख गरे ।

विरोध प्रदर्शन कार्यक्रममा राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, बैदेशिक हस्तक्षेप बन्द गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद लगायतका नाराबाजी गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीले आज एमसीसी सम्झौताको बिरुद्ध देशव्यापी रूपमा विरोध प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *