नेता चुन्ने चुनाव होइन व्यवस्था बदल्ने चुनावमा भाग लिनुपर्छ:नेता प्रविन

News Political

दोलखामा नेकपाको वडा भेला तथा किसान जागरण अभियान उद्घाटन

दोलखा, पुस ५ गते । नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला शैलुङ गाउँपालिका अन्तर्गत वडा नम्बर ७ को प्रथम भेला तथा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को किसान जागरण अभियान उद्घाटन भएको छ ।

साथै उक्त कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) जिल्ला आयोजक समिति समेत गठन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य पुर्ण बहादुर सिंह प्रविन, अतिथिहरु पार्टीका जिल्ला सेक्रेटरी माधव गौतम आकाश, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरि श्रेष्ठ, त्यस्तै केन्द्रीय सदस्य प्रेम तितुङ र श्याम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य प्रविनले देशमा भएका बेतिथि, भ्रष्टाचार, महंगी, एमसीसी अहिलेको असफल व्यवस्थाका कारण नेपाली जनताले भोग्नुपरेको बताए । अब नेपाली जनताले आफ्नो भाग्य भविष्य फैसला गर्ने दिन आइसकेको बताए । नेता चुन्ने चुनाव होइन व्यवस्था बदल्ने चुनावमा भाग लिनुपर्नेमा उनले जोड दिए ।अब नेपाली जनताले यही व्यवस्थाबाट नभई वैज्ञानिक समाजवादी व्यवस्थाले मात्रै परिवर्तन पाउने जिकिर समेत उनले गरे ।

कार्यक्रममा बोल्दैअखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष हरि श्रेष्ठले किसानका समस्या समाधानका लागि एक जुट हुन आग्रह गरे । त्यस्तै कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी आकाशले आम जनता बुद्धिजीवी शिक्षक सबैले जनमत संग्रहमा जान अपिल गरे ।

सोही भेलाबाट सागरको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको सदस्यहरूमा संगिता तामाङ, रजुना खत्री, किस्न बहादुर बस्नेत, पुष्कर भुजेल, सजन तमाङ, विक्रम नेपाली र पछि ४ सदस्यीय थप्ने गरि गठन गरिएको छ ।

त्यस्तै किसान महासंघको जिल्ला आयोजक कमिटी गोपाल उप्रेतीको संयोजकत्वमा १३ सदस्यीय गठन गरिएको छ ।सहसंयोजक निमा तामाङ र कर्ण बहादुर थामिर, सदस्यहरू कुमार भुजेल, दिपक खड्का, मनोज भुजेल, राम्जि खत्री, सोम बहादुर थामी र डेण्डु शेर्पा र पछि ४ सदस्य थप्ने गरि गठन गरिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य गोपाल उप्रेतीले राखेका थिए भने कार्यक्रमको संचालन सोम पाख्रिनले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *