राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध पुस ६ गते देशभर सशक्त आन्दोलन गर्ने 

News Political

काठमाडौँ, पुस ४ गते । राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध निरन्तर सङ्घर्ष गरिरहेका नेपाल कम्युनिस्ट पार्टीसहित आठ कम्युनिस्ट पार्टी/मोर्चाले यही पुस ६ गते देशभर सशक्त सङ्घर्ष गर्ने घोषणा गरेका छन् । आइतबार साँझ संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ८ पार्टीले भनेका छन्, ‘गत मङ्सिर २८ गते नै संसद्बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाइएको संसद् बैठकबाट जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न सङ्घर्षको थप कार्यक्रम घोषणा गरेका छौँ ।’

संयुक्त प्रेस विज्ञप्तिको पूर्ण विवरण गयसप्रर रहेको छ :

एमसीसी सम्झौता र त्यसलाई नेपालमा कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध नेपाली जनता अविराम आन्दोलित छ । पछिल्लो शेरबहादुर देउवा सरकारले संसद्को आकस्मिक बैठक बोलाएर पारित गराउने रणनीति बनाएपछि हामी ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चा संयुक्त आन्दोलनमा छौँ । गत मङ्सिर २८ गते नै संसद्बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाइएको संसद् बैठकबाट जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न सङ्घर्षको थप कार्यक्रम घोषणा गरेका छौँ । उक्त सङ्घर्षको कार्यक्रमलाई भव्य रूपमा सफल पार्न कम्युनिस्ट क्रान्तिकारीहरू, सच्चा लोकतन्त्रवादीहरू, देशभक्तहरू र आमनेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *