पोखरा, मंसिर २६ गते । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन कास्की जिल्लाको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा शनिबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेकपाका वरिष्ठ केन्द्रीय सदस्य एवम् नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका इन्चार्ज अनिल शर्मा (विरही) प्रमुख अतिथि, नेकपा कास्की जिल्ला इन्चार्ज उमा भुजेलको आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता पुर्ण ढुङ्गानाले गरेका थिए ।
नेकपा नेता शर्माले संसदीय राज्य व्यवस्था असफल भएकाले वैज्ञानिक समाजवादी व्यवस्था रोज्न नेकपाले वर्तमान नेपालको राजनीति विकल्पका रुपमा अगाडि सारेको नयाँ एजेन्डालाई स्थापित गर्न जनमत संग्रहलाई अगाडि सारेको बताए । कार्यक्रममा राजनीतिक समस्याको समाधानः संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ? भन्ने शिर्षकमा ६ बुँदे कार्यपत्र प्रस्तुत गरिएको थियो ।
नेपालको वर्तमान अर्थव्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्थामा अर्थनीति कस्तो हुने त्यसबारे अर्थशास्त्री दिपक शर्माले कार्यक्रममा प्रस्तुत गरेका थिए । नेपाल र नेपालीको भविष्य बदल्नका लागी वैज्ञानिक व्यवस्था नै राम्रो हुने उनको तर्क रहेको छ । वर्तमान सरकारका ७५२ ओटै निकायमा हेर्दा ठेकेदारहरुले नै राजनीति गरेको उनको तर्क छ । गरिब ,अर्थ कमजोर भएकाको सहभागिता न्यून रहेको उदाहरण प्रस्तुत गरे ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई जिज्ञासा प्रस्तुत गरेका थिए । सहभागीहरुले उठाएका सवालको जवाफ दिदै प्रमुख अतिथि अनिल शर्माले नेपालमा अब वैज्ञानिक समाजवादी व्यवस्थाले नै आम नेपालीहरुको भलो हुने र यो व्यवस्था आएपछि मात्र नेपाल समृद्ध हुने कुरामा आम नेपालीहरु विश्वसनीय हुन र त्यसका लागि जनमत सङ्ग्रहको पक्षमा भोट हाल्न पनि सबैलाई अपिल गरेका छन् । कार्यक्रमको सञ्चालन राम प्रसाद अर्यालले गरेका थिए ।