एमसीसीको प्रतिरोध गरौँ, अमेरिका डलरसँगै हतियार लिएर आउँदैछ : महासचिव विप्लव

National News Political

नेपाली श्रमजीवी वर्गमाथि र हाम्रो राष्ट्रमाथि जबर्जस्ती थोपरिन थालेको राष्ट्रघाती सम्झौता एमसीसीको विरोधमा आयोजित जनप्रदर्शन र विरोधसभामा उपस्थित हाम्रो पार्टीका सहयोद्धा कमरेडहरू, हाम्रो पार्टीको निमन्त्रणालाई स्वीकार गर्दै उपस्थित हुनुभएका स्थापित नेताहरू, विभिन्न मित्र पार्टीका आदरणीय नेता, आदरणीय सहिद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते योद्धाहरु, पत्रकार बन्धुहरू, उपत्यकाबाट विरोधसभामा सहभागी हुनुभएका कमरेड र मित्रहरू, छिमेकी जिल्लाबाट आउनुभएका कमरेड र मित्रहरु, विभिन्न क्षेत्रबाट हाम्रो पार्टीको धारणा सुन्नका लागि उपस्थित हुनुभएका मित्रहरु, सहयोगी साथीहरू, सुरक्षाकर्मीहरू सबैमा म हाम्रो पार्टी, जनप्रिय पार्टी केन्द्रीय समितिका तर्फबाट न्यानो लालसलाम व्यक्त गर्न चाहन्छु, स्वीकार्नुहोला ।

आदरणीय र सहयोद्धा कमरेडहरू र मित्रहरू ! तपाईंहरूका बीचमा हामी उपस्थित भएका छौँै । अहिले पानी त पर्दैछ, मेरा लागि त केही पनि छैन । तपाईंहरू धैर्य गर्नुहोला किनकि हामी पानी होइन, सबैभन्दा ठूलो आपत्विपत्सँग लडेर आएका मान्छेहरू हौँ । हामीलाई कुनै त्यस्तो चासो छैन । हाम्रो देशको आकाशमाथि कालो बादल मडारिरहेको बेलामा, हाम्रो देशको भविष्यमाथि विभिन्न खालका सिकन्जाहरू कस्सिन थालेको बेलामा, हाम्रो देशमाथि साम्राज्यवादीहरूका नङ्ग्राहरू गाडिन थालेको बेलामा, हाम्रो देशका दलालहरूले साम्राज्यवादी मालिकहरूसामु नाक रगडिरहेको बेलामा हामी लड्न तयार भएर हिँडेका मान्छेहरू हौँ । त्यसैले यो पानीले शीतल हुन्छ, केही पनि हँुदैन । यो ठीक हुन्छ । यसलाई हामी सहजै पचाइदिनसक्छौँ ।

मैले भन्न खोजेको कुरा के छ भने मित्रहरू, सायद तपाईंहरू सबैलाई सम्झना छ आजभन्दा ४ वर्षअगाडि हामीले यो रत्नपार्कको शान्तिवाटिकामा र खुलामञ्चमा उद्घोष गरेका थियौँैँ– हामी कम्युनिस्ट, हामी लोकतन्त्रवादी, सच्चा जनवादी, हामी सच्चा देशभक्त, हाम्रो मुटुमा नेपाली जनताहरू छन््, हाम्रो देश छ, एउटा सुन्दर नेपाल बनाउने सपना छ । हाम्रो आँखामा एउटा सपना छ– त्यो सपनाका लागि हामी जुनसुकै मूल्य चुकाउन तयार छौँैँ । हामीले तपाईंहरूका बीचमा उद्घोष गरेका थियाँैँ । हामीले भनेका थियाँैँ– हामीले नेपालका अग्रजहरू जसले खुकुरीको बलमा नेपालको स्वाभिमानलाई जोगाए । जसले खुकुरीको बलमा विरोधीहरूका टाउकाहरू छिनाई देशको स्वाधीनताको रक्षा गरे । हाम्रा पुर्खाहरू जसले हाँके यो देशको स्वाभिमानलाई, विभिन्न शक्तिशाली राष्ट्र भनिनेहरू गिरेर, धुलोपिठो भएर साम्राज्यवादीका अगाडि टुक्राटुक्रा हुँदा हाम्रा अग्रजहरूले हाम्रो देशको स्वाभिमानका लागि तरबार चलाए, खुकुरी चलाए, बन्दुक चलाए । उनीहरू अजम्मरी भएर गए, बाँचिरहे । हामीले भन्यौँ– हाम्रा अग्रजहरू जसले नेपालको अधिकारका निम्ति लगातार सङ्घर्ष गरे, बलिदान गरे, जेल भोगे, आफ्नो जीवन त्याग गरे । हामी त्यसका अनुयायी हुन चाहन्छौँैँ । हामीले भनेका थियाँैँ– हाम्रो मनमा नेपाली जनता, नेपालका किसानहरू, मजदुरहरू, एक छाक खान नपाएका नेपाली जनता जसको इच्छा, चाहना हाम्रो आफ्नो जीवनलाई सुखी बनाउनेखालको छ, सुखी होस् भन्ने चाहन्छन्् । एक छाक खान पाइयोस्, आनन्दले एक टाउको ओढ्न पाइयोस्, एक बास पाइयोस् । अलिकति उनीहरू आफ्नो देशमा सुखसँग बस्न पाऊन्– नेपाली जनताको चाहना त्यो छ । त्यसका लागि हाम्रा अग्रजहरू लडे, जेल बसे ।

हामीले भन्यौँ, हामी जनयुद्ध लडेर आयौँ, हामी जनाअन्दोलन गरेर आयौँैँ, थुप्रैपटक क्रान्तिमा भाग लिएर आयौँै । हामी नेपाली जनताको अधिकारभन्दा केही चाहँदैनौँ तर नेपाली जनताको अधिकारलाई कतैबाट हनन गरियो भने नेपाली जनताको आकाङ्क्षालाई छिन्न खोजियो भने कुनै पनि मालिकहरूको इशारामा व्यवस्थाका मुठीभर मालिकहरू, मुठीभर दलालहरू, मुठीभर लुटेराहरूको हितमा नेपाली जनताको अधिकारलाई छिन्न खोजिन्छ भने नेपालको स्वाभिमानलाई जबर्जस्त दबाउन खोजिन्छ भने त्यतिबेला हामीले चुनौती दिएका थियाँैँ– यो संविधान हामी मान्नेछैनौँ, यो व्यवस्था हामी मान्नेछैनौँ । आवश्यक प¥यो भने… हामीले भनेका थियौँै– दलाल सत्ताका विरुद्ध, संसदीय सत्ताका विरुद्ध, पुँजीवादीहरूको सत्ताका विरुद्ध जो नेपाली जनताले चाहेका छैनन्, नेपाली जनता, श्रमजीवी जनताको सत्ता चाहन्छन्् । नेपाली जनता आफ्नो सत्ता आफ्नो बलबाट बनाएको सत्ता, आफ्नो पौरखले बनाएको सत्ता, आफ्नो पसिनाबाट जन्मिएको सत्ता, आफ्नो रगतबाट जन्मिएको सत्ता र बलिदानबाट जन्मिएको सत्ता बनाउन चाहन्छन्् त्यो सत्ता बन्नुपर्छ । नेपालमा हामीले त्यो भनेका थियौँै । त्यो सत्ता बन्दैन भने त्यो सत्ताका लागि लड्न हामी तयार छौँैँ ।

जुनसुकै मूल्य चुकाउन तयार छौँ । हामीले उद्घोष गरेका थियौँ, हामी लड्यौँै, हामी आफ्नो इच्छाअनुसार लडेनौँ, आदरणीय जनसमुदायहरू ! हामी जनताको मागअनुसार लड्यौँै, हाम्रो देशमा विभिन्न खालका भ्रष्टाचार अति भए । कतिसम्म हुँदै गयो भने तपाईंहरूलाई थाहा छ, प्रधानमन्त्रीको कार्यालय बेचेर खाने देशका मान्छेहरू व्यवस्थामा छन् । अहिले तपाईंहरूले लाज मान्नुपर्छ कि पर्दैन ? नागरिकको हालत के होला यो देशमा एकछिन परिकल्पना गर्नुस् त ! एउटा सुकुमबासीको जीवन कसरी बितेको होला ? एउटा किसानको जीवन कसरी बितेको होला ? एउटा नवजवानको जीवन कसरी बितेको होला ? एउटा महिलाकी जीवन कसरी बितेको होला ? एउटा दलितको जीवन कसरी बितेको होला ? प्रधानमन्त्रीको जमिन, प्रधानमन्त्रीको कार्यालय, आँगन बेचेर खाने मान्छेहरूलाई यो राज्यले हेर्न मात्रैै सकेको छ, केही गर्न सक्दैन, बोल्न पनि सक्दैन भने जनताको जीवन के होला ? हामी त्यसको विरुद्धमा नयाँ व्यवस्थाका लागि ंलड्यौँै । हामीले लड्यौँै तर देशको सत्ता तपाईंहामीले देख्यौँ । देशको सत्ता कति कमजोर थियो भने भ्रष्टाचारीहरूका विरुद्ध लड्नुको सट्टा, जसले यो देशलाई उडाएका छन्, यो देशको पनि सम्पत्ति उडाएका छन्, उनीहरूका विरुद्ध लड्नुको सझ हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाइयो, हाम्रो पार्टीमाथि दमन गरियो । मैले तपाईंहरूलाई भन्न खोजेको कुरा के छ भने हाम्रो पार्टीमाथि दमन मात्रैै गरिएन, हत्याकाण्डहरू मच्चाइयो र थुप्रै साथीहरूलाई समातियो । हामी आज यहाँ आइपुगेका छौँै । हामीले भनेका थियांँै आदरणीय साथीहरू, कमरेडहरू, जनसमुदायहरू ! हामी मूल्य चुकाउन तयार छौँ । हामी जनताका पक्षमा, देशका पक्षमा मूल्य चुकाउन तयार छौँै, हामीले उद्घोष गरेका थियौँै, हामीले चुकायौँ, हामी दुई वर्षको प्रतिबन्धपछि यहाँ आउँदै गर्दाखेरि एकीकृत जनक्रान्तिको झन्डामुनि लडेर यहाँ आउँदै गर्दाखेरि हामीले १२ जना कमरेडको रगत मिसाएर आएका छौँै । नेपालका ९ हजार सहिदको रगतमा १२ जना सहिद कमरेडहरूको रगत मिसाएर हामी आएका छौँ । हामी त्यसै आएका छैनौँ । यहाँ हामी २५०० योद्धा कमरेडहरूको बन्दी जीवन भोगेर आउँदैछौँै । आज हामी ३००० भन्दा बढी मुद्दा झेलेर यहाँ आउँदैछौँै । ५००० भन्दा बढी साथीहरूको घरबास तोडिएको छ । हामी थुप्रैखालका अप्रेसन र दमनहरू झेलेर फेरि यहाँ आइपुगेका छौँ । हामीमाथि प्रतिबन्ध लगाइयो । हामीमाथि दमन गरियो । हामीले भनेका थियौँै, तपाईंहरूको प्रतिबन्ध गलत छ, तपार्इंहरूको प्रतिबन्ध न्यायको आवाजमाथिको प्रतिबन्ध हो, तपाईंहरूको प्रतिबन्ध सत्यको आवाजमाथिको प्रतिबन्ध हो । तपाईंहरूको प्रतिबन्ध नेपालका जनताको अधिकारका पक्षमा लड्नेका विरुद्धको प्रतिबन्ध हो, तपाईंहरू सफल हुनुहुनेछैन । हामीले भनेका थियौँै– हामी जुनसुकैै मूल्य चुकाउँछौँै तर प्रतिबन्धलाई हामी सहन गर्दैनौँ र त्योसँग हामी झुक्दैनौ हामीले यो भनेकाथिएैँै र हामी लड्यौँै हामी झुकेनौँ पनि राज्यसँग फेरि हामीले एउटा नयाँ प्रक्रियामा जाँदा सरकारसँग तीनबुँदे सहमति भयो । हामी तपाईंहरूका बीचमा आइपुगेका छौँै । आज म तपाईंहरूलाई सगौरव घोषणा गर्न चाहन्छु, नेपाल कम्युनिस्ट पार्टी आफ्नो बचनमा प्रतिबद्ध भएको छ । नेपाल कम्युनिस्ट पार्टीले जनतालाई कहीँ पनि ढाँटेको छैन । नेपाल कम्युनिस्ट पार्टी जे उद्देश्य लिएर जनताका बीचमा उभिएको थियो र भनेका थियौँ– आज हामी प्रतिबद्ध छौँै र त्यो एउटा सपनासहित फेरि हामी हाजिर भएका छौँ । आज पनि म भन्छु हाम्रो आवाज सत्यको आवाज हो । हाम्रो आवाज न्यायको आवाज हो । हामी नेपाली जनताको न्याय चाहन्छौँ, हामी नेपाल देशको स्वाधीनता चाहन्छौँ । हामी नेपाली जनताको अधिकार चाहन्छौँ । बस्, हामीलाई अरू केही पनि चाहिँदैन । व्यक्तिगत ढङ्गले हामीलाई केही पनि चाहिँदैन । हामीलाई जरुरी छैन । हामी नेपाली जनता जो बर्सौंदेखि, दसकौँदेखि हामी लड्दै आएका छौँै । आफ्नो एउटा नयाँ जीवनका लागि, आफ्नो एउटा स्वाधीन राष्ट्रका लागि हामी लड्दै आएका छौँै । हामी त्यो एउटा जीवन, देश, त्यो स्वाभिमान, त्यो राष्ट्र हामी चाहन्छौँै । हामीले यही कुरा गर्दै आएका छौँै ।

आज म फेरि तपाईंहरूका बीचमा भन्न चाहन्छु– लगातार इतिहासमा सत्यलाई दबाउनका लागि, न्यायलाई दबाउनका लागि तरबारहरू चलेका छन् । न्याय र सत्यलाई दबाउनका लागि बन्दुकहरू चलेका छन् । बन्दुकहरू चलाइएको छ तर इतिहासले के कुरा प्रमाणित गरेको छ भने बन्दुक र तरबारहरू जनताको अगाडि केही पनि होइनन् ।

जनताले कुरा बुझेपछि, आदरणीय जनसमुदायहरू ! जनताले बुझेपछि, स्टालिनले कथा हाल्नुभएको थियो– जनता भनेका आमा हुन् । जब एउटा वीर आमाबाट छुट्छ, वीर आमाबाट अलग हुन्छ, त्यसकोे तागत सिद्धिन्छ । त्यसलाई जसले पनि सिध्याइदिन सक्छ तर जब आपत्विपत्मा आमाको काखमा वीरहरू हुन्छन्, कसैले पनि हराउन सक्दैन । इतिहासमा हामी लड्यौँै । नेपालमा हामीलाई हेपिएको थियो । दुई महिनामा सिध्याइदिन्छौँै त्यो पार्टीलाई भन्ने घोषणा गरिएको थियो । साथीहरूले दुई महिना, फागुन २९ गते हामीलाई प्रतिबन्ध लगाउनुभयो । दुई महिनामा सबैलाई जेलमा सडाइन्छ भन्ने उद्घोष गरिएको थियो । साथीहरूले, सरकारमा बसेका मान्छेहरूले यस्तो उद्घोष गरेका थिए । हामीले भनेका थियौँै– दुई महिना होइन, दुई वर्षपछि यो देशमा परिवर्तन हुन्छ । यो देशका शासकहरू गिर्छन् । जनता विजयी हुन्छन् । हामीले यो भनेका थियौँ । आज के भयो परिणाम, आदरणीय जनसमुदायहरू ! हामीलाई नेपाली जनताले, नेपाली जनताका आमाले हामीलाई माया गर्नुभयो । आमाको शक्तिमा हामी टिकेर आएका छौँै । हामीसँग आधुनिक बन्दुक छैन, हामीसँग ठूलाठूला बमबारुदहरू छैनन्, भन्न त आममान्छेहरू भन्छन्, पत्रकार बन्धुहरूले सोधी नै हाल्नुहुन्छ– वार्तामा त आउनुभयो, बन्दुक खोइ भन्न थाल्नुहुन्छ । बन्दुकका कुरा नगर्नुस् अहिले । अहिले बन्दुकको कुरा गर्ने होइन । हामीसँग नेपालका आमाहरू छन् । बन्दुकभन्दा बलियो शक्ति आमाहरूसँग हुन्छ । हामीले यो भनेका छौँ । हामीसँग हाम्रा दाजुभाइहरू छन् । गाउँगाउँमा हामीसँग हाम्रा दाजुभाइहरू छन् । तिनको तागत बन्दुकको भन्दा शक्तिशाली छ । हामीसँग किसान छन्, मजदुर छन् । हामीसँग नवजवानहरू छन् । हामीसँग हामीलाई माया गर्ने जनता छन् । जनताको तागत कुनै पनि बम र गोलीभन्दा बलियो हुन्छ । हाम्रो विजय हामी सफल भएर आउनुको कारण के हो त ? आदरणीय जनसमुदाय ! हामी जनतासँग जोडियौँ । हामीलाई हाम्रा आमाहरूले माया गर्नुभयो । हाम्रा दिदीबैनी, दाजुभाइहरूले माया गर्नुभयो । हामी आज तपाईंहरूका बीचमा आएका छौँै र आज फेरि पनि म तपाईंहरूका बीचमा भन्छु– एमसीसी सम्झौता जो लादिँदैछ, धेरै पूर्ववक्ता साथीहरूले भनिसक्नुभो एमसीसी सम्झौता यहाँ जबर्जस्ती लादिँदैछ । हामीले प्रतिबन्धकै बेलामा पढ्यौँ त्यो एमसीसी सम्झौता । हामीले सबै तलदेखि माथिसम्म सबै पढेकाछौँै । सबै हे¥यौँ, बुझ्यौँ । प्रतिबन्ध हुँदाखेरि पनि जोजो साथीहरू चाहे संसद्मा लड्नुभयो, चाहे सडकमा लड्नुभयो, चाहे टेलिभिजनमा लड्नुभयो, सामाजिक सञ्जालमा लड्नुभयो वा अन्य विभिन्न मोर्चाहरूबाट लड्नुभयो, हामीले ऐक्यबद्धता व्यक्त ग¥यौँ– हामी छौँ । हामीलाई प्रतिबन्ध भए पनि एमसीसीका विरुद्धमा तपाईंहरू सबै मोर्चाबाट लड्नुहोस् । नेपाल कम्युनिस्ट पार्टी जुनसुकै मूल्य चुकाएर भए पनि लड्छ । हामीले घोषणा ग¥यौँ । हामी लढ्यौँ । प्रतिबन्ध हुँदाखेरि पनि हामी लड्यौँै । जनसमुदायहरू पनि लड्नुभयो । हामीले धन्यवाद पनि दियौँ । कमरेड भीम रावललाई हामीले भन्यौँ– तपाईं लड्नुस्, तपाईं लड्नुपर्छ । मुटुमा रगत भएको मान्छे लड्नुपर्छ । कायरहरू मात्रै हो मालिकहरू देखेपछि दसचोटि टाउको टेक्ने त । नसामा रगत भएको मान्छे लड्छ, लड्नुपर्छ । हामीले लीलामणि पोख्रेललाई भन्यौँ– लड्नुस् । हामीले एमालेका साथीहरूलाई भन्यौँ, माओवादी केन्द्रका साथीहरूलाई भन्यौँ । हामीले अरू राष्ट्रवादी, देशभक्त, सुरेन्द्र केसीजीहरूलाई हामीले भन्यौँ– तपाईंहरू लड्नुस् । तपाईंहरू बाहिर हुनुहुन्छ, त्यहाँबाट लड्नुस् । हामी भित्र छौँै, हामी जनताका बीचबाट लड्छौँै । धुलोपिठो पारिदिन्छौँै । हामीले भनेका थियौँै ।

हामी लड्छौँै, कुनै पनि हालतले एमसीसी लागू हुन दिँदैनौँ । प्रतिबन्ध हटेछ भने तपाईंहरूसँग खुला सडकमा आएर, प्रतिबन्ध हटेनछ भने एमसीसीलाई पास गर्ने मान्छेहरूले जीवनमा ख्याल गर्नुपर्छ । हामीले यो भनेका थियौँ । त्यसैले कुरा के छ भने कमरेडहरू, मित्रहरु आज पनि हामी भन्छौँ, यो कुनै लुकाइछिपाइको कुरा छैन । कुनै घुमाइफिराइको कुरा छैन । एमसीसी नेपालको रास्टिृय स्वाधीनताका विरुद्ध छ । नेपालको सार्वभौमिकताका विरुद्ध छ । नेपालको स्वतन्त्रताका विरुद्ध छ । नेपाली जनताको अधिकारका विरुद्धमा छ । कुनै पनि देशले हाम्रो देशमा जबर्जस्ती सन्धि लागू गर्न पाइँदैन । एमसीसी आज एउटा बहसमा छ । यहाँ पढी पनि सक्नुभयो, त्यहाँ थुप्रै बुँदाहरू छन् । हामीले हे¥यौँ, यद्यपि यो संविधानका बारेमा हाम्रो सहमति छैन तर पनि हामीले हे¥यौँ मान्छेहरूको चेतना, मान्छेहरूको सोचाइ कति तल छ । हामीलाई यो अनौठो पनि लाग्छ कहिलेकहीँ । त्यो एमसीसीमा सीधै के लेखिएको छ भने एमसीसी सम्झौता र नेपालको कानुन बाझेको स्थितिमा एमसीसी सम्झौता माथि हुनेछ । त्यसको लागू हुनेछ भनेर भनिएको छ । भन्नुस् न हामी सबैले पढ्यौँ नि । पत्रकार बन्धुहरूले पनि पढ्नुभएको छ । बुद्धिजीवीहरूले पढ्नुभएको छ । एमसीसी लागू हुने लप्सीफेदीदेखि बुटवलसम्म, लप्सीफेदीदेखि गोरखपुरको नजिक सुनौलीसम्मका टावरहरूको जमिनमा अमेरिकाको अधिकार हुनेछ । त्यहाँको सेक्युरिटी अमेरिकाकै रहनु पर्नेछ । यो कुरा उल्लेख छ । त्यो सम्झौतामा विचित्र के छ भन्नुहुन्छ भने कसको हितमा गरिँदैछ ! यहाँ साथीहरूले भन्नु पनि भयो, सुन्दा पनि अनौठो लाग्छ । मैले यहाँ लेखेर ल्याएको छु । अहिले पानी परिरहेको छ, पढ्न मिल्दैन तर त्या प्रस्ट के लेखिएको छ भने अमेरिकाको राष्ट्रिय सुरक्षाका निम्ति यो सम्झौता लागू गरिएको छ । उनीहरूको यो छ त्यहाँ । अमेरिकाले आफ्नो देशका बारेमा, आफ्नो राष्ट्रियताका बारेमा जहाँजहाँबाट चिन्ता छ, समस्या छ भन्ने प¥यो भने एमसीसीमार्फत त्यहाँ लागू गर्ने । त्यहाँ पुग्ने । त्यो देशबाट अमेरिकी सुरक्षालाई संरक्षण गर्ने । अमेरिकाको राष्ट्रिय समस्यालाई त्यहाँबाट सुरक्षा चुनौतीलाई त्योत्यो देशबाट एमसीसी प्रयोग गरेर संरक्षण गर्ने उनीहरूको योजना छ । त्यो कानुनी ढङ्गले पनि अमेरिका नै माथि हुनुपर्ने, सुरक्षा पनि अमेरिकाले नै गर्नुपर्ने ! केही प¥यो भने अमेरिकाको सुरक्षाका निमित्त एमसीसीमार्फत जे पनि निर्णय लिन पाउने जुन खालका प्रवधानहरू सम्झौतामा गरिराखिएको छ र नेपालका कैयौँ साथीहरूले यसलाई समर्थन गर्न थाल्नुभएको छ, हामीलाई अनौठो लाग्छ । मतलब कस्तो तर्क छ भन्नुहुन्छ भने यो नेपालमा हामीले भनेका छौँै के नेपालमा प्रहरी छैन ? लप्सीफेदीदेखि सुनौलीसम्मका टावरहरूको सुरक्षा गर्नसक्ने नेपालमा सेना छैन ? नेपालमा प्रशासन छैन अनि अमेरिकीहरूले त्यहाँ खतरा देखे भने आफू आउनुपर्ने ? उनले भनेको जस्तो हुनुपर्ने ? यो कसले मान्न सक्छ ? कुनचाहिँ नेपालीले मान्छ यो कुरा ? नेपालको नागरिकले यसलाई सही ठान्न सक्छ ? अनि नेपालको कानुनसँग बाझिएको स्थितिमा एमसीसी सम्झौता लागू हुने भनिसकेपछि नेपालको संविधानभन्दा, अहिले भएको यो बुर्जुवा संविधान, यो दलाल पुँजीवादीको हितमा बनेको संविधान, त्योभन्दा पनि माथि हुन्छ भनेर भन्ने भैसकेपछि नेपालको कानुन, नेपालको अदालतको के काम भयो ? नेपालमा अदालत छैन ? नेपालका न्यायाधीशहरू के हुन् ? के नेपालका प्रहरी र सेनाहरू जनतालाई दमन गर्नका लागि मात्रैै हो ? के हो यो ? कि नेपालका अदालतहरू क्रान्तिकारीहरूका विरुद्ध फैसला गर्नका लागि मात्रै बनाइएको हो ? नेपालका अदालत र न्यायाधीशहरू के तपाईंको चाहिँ जनताका विरुद्धमा मुद्दा हेर्नका लागि मात्रै बनाएको हो ?

त्यसरी मानिन्छ अनि तर्क के गरिन्छ भने पैसा आउँछ धेरै । पैसा राम्रो हो भन्ने जुन शैलीको कुरा छ, हामीले के भनेका छौँै भने के पैसाले समृद्धि हुन्छ ? अमेरिकाले दिएको ५० करोड डलरले के नेपालमा कायापलट खान्छ ? कैयौँ नेताहरूले, कैयौँ पार्टीका साथीहरूले, मन्त्रीहरूले के भनेको सुनिन्छ भने पैसा ! यति धेरै पैसा सजिलै आउने पैसा ! सित्तैँमा आउने पैसा ! कस्ता मूर्खहरू ! एकजनाले के पनि भन्नुभयो भने हैन के रे यो एउटा अनौठो ढङ्गले के भने भन्नुहुन्छ भने यीचाहिँ दुष्टहरू, अमेरिकाले यत्रो सित्तैँमा दिन थालेको पैसाको विरोध गर्छन् दुष्टहरू भने । हामीले भन्याँै– हामीलाई अनौठो लाग्छ । भन्नुस् न यसैलाई दलाल भनिन्छ के ! भारत कसरी अङ्ग्रेजहरूको कब्जामा गयो, तपाईंहरूलाई थाहा छ ? भारत अङ्ग्रेजको कब्जामा जानुभन्दा पहिला एउटा लडाइँ र भारतको बादशाह औरङ्गजेबले अङ्ग्रेजहरूको सेनालाई धुलोपिठो पारेर सबलाई सिध्याइदिएको थियो ।

तर अङ्ग्रेजहरू बाठा, उनले के गरे भन्दा लडाइँमा हारिसकेपछि हामीले बिरायौँ, लड्नु हुँदैनथ्यो । तपाईंहरूसँग हामी व्यापार गर्न आएका मान्छे व्यापार गर्न दिनुस् । हामी पैसा बुझाउँछौँ,ै कति चाहिन्छ ? बादशाह, हामी तपाईंलाई पैसा दिन्छौँ, हामी अरु केही पनि गर्दैनौँ । लड्नु हाम्रो गल्ती भो, माफी दिनुप¥यो ।

औरङ्गजेब चैँ मख्ख प¥यो– अहो, पैसा आउँछ, पैसा ! बादशाहहरुका आँखा पैसाभन्दा अन्त कहीँ पनि हुँदैन । भन्नुस् न पैसा आउँछ भने त ठीक छ त… अङ्ग्रेजहरूले केही पछि पैसा दिए बादशाहलाई र मजाले सुताए । महलमा सुताए तर पैसासँगसँगै अङ्ग्रेजले हतियार भित्र्याए, सेना बनाए, केही समयपछि यस्तो आयो, बादशाहलाई ट्याक्स बुझाउने अङ्ग्रेजले पैसा बुझाउने अङ्ग्रेजले उल्टै बन्दी बनायो र सारा भारतलाई कब्जा ग¥यो । आज नेपालमा पनि पैसापैसा भन्ने केही साथीहरू छन्, उनीहरु पैसापैसा भन्छन् नि, के पैसाले नेपालको समृद्धि रोकिएको हो ? केही काङ्ग्रेसका साथीहरूले के भनेको सुनिन्छ भने हैन समृद्धि हुन्छ । विकास हुन्छ । के विकास र समृद्धि पैसाले हुन्छ ? पैसा चाहिन्छ तर के पैसाले मात्रै हुन्छ ? हामीले किन क्रान्ति ग¥यौँ ? हामीले किन राणाशासनलाई फालेको ? हामीले किन सामन्तवादलाई ढालेको ? हामीले किन पञ्चायतलाई ढालेको ? हामी किन जनयुद्ध लडेको ? हामी किन वैज्ञानिक समाजवादको कुरा गर्छौं ? यहाँ हामी किन लोकतन्त्रको कुरा गर्छौँै ? किन आधुनिक सभ्यताको कुरा गर्छौं ? पैसाले पुग्छ ? पैसाले पुग्दैन । मान्छेलाई अधिकार चाहिन्छ, स्वतन्त्रता चाहिन्छ । देश स्वाधीन हुनुपर्छ । विकास र समृद्धिको बाटो पैसा होइन, विकास र समृद्धिको बाधक सत्ता हो, सत्ता । त्यसैले हामीले के भनेका छौँै भने जनताको हातमा सत्ता भयो भने जनता सत्ताको मालिक भए भने साँच्चैका श्रमिक जनता, भोकानाङ्गा जनता सत्ताको मालिक भए भने पहाड सम्याइदिन सकिन्छ । नदीहरू थुन्न सकिन्छ, हराभरा बनाउन सकिन्छ देशलाई । हामीलाई त्यो विश्वास छ । के आजका कुनै पनि देश पैसा कमाउने ठाउँमा एकैचोटि पुगेका हुन् ? के आज कुनै पनि विश्वका विकसित देशहरू एक्कासि तिनीहरूसँग पैसा र पुँजी एकैपटक आएको हो ? होइन । त्यहाँभित्र लाखौँलाख जनताको रगतपसिना बगेको छ । आफ्नो देशलाई बनाउनका निमित्त उनीहरूले ठूलो त्याग गरेका छन् । त्यसैले आदरणीय जनसमुदायहरू ! पैसाले समृद्धि हुन्छ भन्ने सोचाइ भनेको दलालहरू, सूदखोरहरू, बिचौलियाहरू, कमिसनखोरहरूको एउटा कृतघ्न चेतना हो । त्यो चेतनाबाट कहिल्यै पनि समृद्धि र विकास हुँदैन । हामीले यो कुरा बुझ्नुपर्छ ।

अर्को कुरा के आउँछ भने यिनले एमसीसीबारे कुरै बुझेका छैनन् भन्ने कुरा गर्नुहुन्छ । के कैयौँ साथीहरूले हँुदाहँुदा अस्ति प्रमले पनि भन्नुभयो रे– कुरै नबुझी । कुरा नगरौँ, यो पढौँ… । पढेर त मान्छेले भनिराख्या छन् नि । त्यसै भन्या छ र ? अनौठो लाग्छ हामीलाई त । यसो रमाइलो हुन्छ, म हिजोआज म यूट्युब पनि हेर्छु । एउटाले दुईटी श्रीमती बिहे गरेछ । पहिली श्रीमतीले श्रीमान्लाई लखेट्नुभयो । ऊ भन्दै थियो– तिमीले कुरै बुझ्या छैनौँ, पखपख… । गल्ती गर्ने, दुईटी स्वास्नी बिहे गर्ने अनि अर्कोचाहिँलाई कुरै बुझ्या छैनस् भन्ने ! कुरा बुझेर महिलाले विद्रोह गरेको हो त्यो । कुरा बुझेर आफूमाथि हस्तक्षेप भयो भनेर विद्रोह गरेको कुरा हो । त्यो प्रधानमन्त्रीको जमिन बेचेर खाएको छ मान्छेले । बेच्ने मान्छेले के भन्छ– पख्नुस्, कुरै बुझ्नुभा’ छैन !

तपाईंहरूले जनतालाई, हाम्रा दाजुभाइ र दिदीबैनीहरूलाई विदेशको खाडीमा लगेर बेच्नुभएको छ । कोठीमा बेचिएको छ । दलालहरू के भन्छन्– पख्नुस्, कुरै बुझ्नुभा’छैन तपाईंहरूले । यही हो कुरा । जनताले वास्तविक अधिकारको कुरा बुझेको छ । जसले साँचो बुझेको छ उसलाई बुझेको भन्ने जसले बुझ्न त बुझेको छ तर आफ्नो बाकसलाई बुझेको छ, आफ्नो भुँडीलाई बुझेको छ । आफ्नो पकेटलाई बुझेको छ । आफ्नो शाखासन्तानलाई पुँजीपति बनाउने सोचेको छ । सन्तान–दरसन्तान पैसा कमाएर, कमिसन खाएर, देशको सम्पत्ति उडाउने सोचेको छ, उसले मात्रैै नबुझेको छ । जनताले बुझेको छ । वास्तवमा कुरा उसलेचाहिँ नबुझेको हो ।

त्यसैले आदरणीय जनसमुदायहरू ! एमसीसीबारेमा नेपाली जनताले कुरा नबुझेको होइन, हामीले कुरा नबुझेको होइन । कुरा वास्तवमा नेपालका दलालहरूले बुझेका छैनन्, कमिसनमा । हामी त्यो हेर्दैछौँै । त्यहाँ तपाईंको सचिवको तलब एमसीसीेमा पाउने जो छ, उसले नेपाल सरकारले दिनेभन्दा १० गुणा बढी पैसा पाउँछ र त्यो पैसा देखेपछि कर्मचारीको आँखामा रिँगटा चल्छ । उसले के भन्छ– जनताले कुरै बुझ्या छैनन् । जनताले कुरा नबुझेको होइन, डलरले आँखा नदेखिएको, आँखा बन्द भएको हो । त्यो हामीले राम्रोसँग सम्झाउनुपर्छ । पैसाको कुरा गर्नुहुन्छ अनि उहाँहरूलाई व्यवस्थाको सरकारले दिनेभन्दा बढी सुविधा एमसीसीले दिएपछि एमसीसीलाई ताली पिट्दै हिँडेका छन् । भजन गाउँदै हिँडेका छन् मान्छेहरू । हामीलाई अनौठो लाग्यो, चित्त पनि दुख्यो । नेपालका पत्रकार साथीहरू प्रगतिशील हुनुहुन्छ, त्यो हामीलाई खुसी लाग्छ । तर हामीले सुन्नुपर्छ– हैन मास्टर भएर एमसीसीको पूरा प्रचार गरिरहनुभएको हुन्छ । अनि मैले पो कुरा बुझ्या छैन भन्छ । के त्यहाँ पनि ओहो मैले पो बुझ्यारैनछु, मेरो छोरोले बुझ्यारैछ भन्दै हिँड्छ । मास्टर बूढो, बिचरा मास्टरले कुरा बुझ्याथ्यो नि त, उल्टो कुरा गरेर मास्टरले विज्ञापन यस्तो बजाउने ? के एमसीसी त मैले कुरै बुझ्यारैनछु भन्ने बनाएर, मान्छेलाई ब्ल्याकमेलिङ गर्ने ? मान्छेलाई एकप्रकारले भँजाउने, साटफेर गर्ने, खाने यस्तो टाइपको जो छ यो वास्तवमा नबुझिएको कुरा होइन, कुरा बुझिएको कुरा हो र जनताले कुरा बुझेर अधिकारका लागि लडेको कुरा हो, अझै अर्को कुरा थपौँ पैसाको कुरा गर्दा केही बुद्धिजीवी साथीहरूसँग हाम्रो कुरा भयो । केही अरू मित्र पार्टीका साथीहरूसँग पनि हाम्रो कुरा भयो । उहाँहरूले सुनाउनुभयो– पैसा एमसीसीको ५० करोड डलरभन्दा अस्ति मात्रैै मलाई एउटा बुद्धिजीवीले सुनाउनुभयो अहिले पनि एनसेलसँग हाम्रो लडाइँ पनि भयो । एनसेलकै कारणले कैयौँ कुरा भयो र डा. सुरेन्द्र भण्डारीले पनि भन्नुभयो । एनसेललाई एक प्रकारको हामीले कारबाही पनि ग¥याँै । बहस पनि भयो नेपालमा तर आज पनि सुनिन्छ, नेपालमा त्यतिबेला १ खर्ब पैसा एनसेलले मात्रै अपचलन गरेको थियो ।

त्यत्रो पैसा एउटै कम्पनीले अपचलन गरेको थियो । किन काङ्ग्रेस बोल्दैन ? किन एमाले बोल्दैन ? किन माओवादी केन्द्र बोल्दैन ? तिनका नेताहरू किन बोल्दैनन् ? ७२ अर्ब पैसामा भ्रष्टाचार भयो, त्यत्रो अपचलन भयो भनेर सर्वोच्च अदालत भनिरहेको छ । किन पार्टीहरू बोल्दैनन् ? अहिले पनि हामी सुन्दैछौँै ६२ अर्ब कर एनसेलले तिर्न बाँकी छ । तिरेको छैन । अस्ति मात्रै मलाई बुद्धिजीवी साथीले भन्दै हुनुहुन्थ्यो– एमसीसीको ५० करोडभन्दा त एनसेल एउटै कम्पनिले ६२ अर्ब दिन बाँकी छ । त्यो झार्नुप¥यो नि त ! आफ्नो पैसामा पनि कमिसन खाएर, नेपाली जनताको करमा पनि पैसा खाएर एउटा कम्पनीको मालिकलाई पोस्ने तर ६२ अर्ब झार्नुको सट्टा यताबाट ५० करोड डलर ल्याएर त्यो पनि कमिसन खाने दलालहरूको जुन खालको मनोवृत्ति छ, यी दलालहरूलाई यो मैदानबाट सदाका लागि बिदा नगरेसम्म नेपालले मुक्ति पाउँदैन ।

त्यसैले युवा कमरेडहरू, मित्रहरू, पत्रकार बन्धुहरू यो कुरा यस्तो पैसाको कुरा हो । अस्ति मात्रै हाम्रो छलफल चल्यो– नेपालमा कस्तो स्थिति छ पैसाको तपाईंहरूलाई थाहा छ ? अहिलेसम्म कति सहयोग आयो, अहिलेसम्म विदेशी ऋण कति आयो, कहाँ प्रयोग भयो ? कति भ्रष्टाचार भयो, कसैको हिसाब छ ? यो वर्षको बजेट जम्मा १६ खर्बको छ तर अर्को रेकर्ड नेपालमा विदेशीको ऋण मात्रैै १७ खर्ब छ । नेपालमा ११ अर्बभन्दा बढी यहाँ बेरुजू छ । ११ खर्ब पैसा कहाँ खर्च भयो, कसैलाई थाहा छैन । सरकार बोल्दैन । कसले खायो ११ खर्ब ? किन हिसाब आउँदैन ? त्यसको बारेमा सरकारलाई मतलब छैन । तर ऊ कमिसन खाने चक्करमा छ । जो गयो, जो माथि पुग्यो, उसलाई लुट्ने, खाने, देशको सम्पत्ति उडाउने त्यो मात्रैै छ उसको चिन्ता ।

त्यसैले नेपालमा पैसाको चिन्ता होइन, जति पनि पैसा छ । भीम रावलहरूले पेस गर्नुभएको सुझावपत्रमा मैले हेरेँ । एमसीसीले बनाउने भनेका योजनाहरू संसद्को एक वर्षबाट काट्ने मात्रैै हो भने पनि ६ अर्ब पैसा त्यो बचत हुन्छ । ५ वर्ष, ६ वर्ष, १० वर्षमा संसद्ले लगेर त्यो कहाँकहाँ प्रयोग गर्ने पैसा छ, त्यो पैसालाई मात्रै कटौती गरेर सीधै राज्यले लगानी गर्ने हो भने एमसीसीले बनाउने भनेका सबै योजनाहरू राज्यले बनाउन सक्छ । तर राज्यलाई मतलब छैन । उता कमिसन खानु छ । विदेशी मालिकहरूको पाउ मोल्नु छ । उस्तै परे परिवार नै टिपेर उतै भाग्नु छ । यस्तो खालको चेतना छ । नेपालमा हामी के देख्छौँ भने यो जो परिवेश छ त्यसको विरुद्धको सङ्घर्ष आवश्यक छ । हामीले त्यसैले आज यो विरोधसभाको आयोजना ग¥यौँ । साथीहरू र कमरेडहरू, अब अर्को कुरा के छ भने जो बहसहरू चलिरहेको छ एमसीसी आइहाल्यो भने के गर्ने ? हामीले भनेका छौँै आज त हामीले सङ्केत मात्रै गरेका छौँै । एमसीसीको त्योे कालो छायाँ हाम्रो टाउकोमा मात्रै देखिन खोज्दैछ । हामी सानो झिल्को बोकेर काठमाडौँमा निस्केका छौँै । यो झिल्को मात्रैै हो, आजको दिनमा काठमाडौँमा उत्रेको जुलुस भनेको यो एउटा झिल्को हो, नेपाल कम्युनिस्ट पार्टीले समातेको झिल्को हो । एमसीसीलाई जबर्जस्ती पास गर्न खोजियो, एमसीसी जबर्जस्ती नेपाली जनताको टाउकोमा थुपार्न खोजियो, केही दलालहरूको कमिसनको लोभमा, केही कम्पनीहरूको कमिसनको लोभमा, पैसा कमाउने ध्याउनमा नेपाली जनताको टाउकोमा त्यसलाई थोपर्न खोजियो भने यो झिल्को राँको बन्छ । राँको बन्छ राँको । त्यसैले हामीले भनेका छौँै– युवा साथीहरू, यसमा हामी मात्रै होइन, हाम्रो पार्टी मात्रै होइन, यसमा अघि डाक्टर सुरेन्द्रले भनेको जस्तो हामी खुला छौँ । आउनुस्, ओर्लिनुस्, देशको माया हुने हरेक मान्छेहरू ओर्लिनुस्, हामी तयार छौँ । पार्टी–पार्टीको डम्फु बजाएर होइन, हामीले भनेका छौँ एमसीसीको विरुद्धमा बोल्न यहाँ आउनुस्, हामी खुला छौँै । जति पनि पार्टीका साथीहरू हुनुहुन्छ आउनुस्, यो मैदानबाट एमसीसीका विरुद्ध लडौँ ।

हामीले यो भनेका थियौँ, कैयौँ साथीहरूले यो भन्नुभो हाम्रो पार्टीको अलिकति बन्देज छ भन्दै आउनुभाछ । यहाँ अलिकति गारो भा’छ… । त्यो गारोसारो छोडिदनुस् । हामीले भनेका छौँै आउनुस् न त हामी तयार छौँ नि । आज हामीले काठमाडौँमा झिल्को बालेका छौँै । एमसीसीलाई जबर्जस्ती लाद्न खोजियो भने सेती–महाकालीदेखि मेचीसम्म, तराईदेखि पहाडसम्म, आईटी सेनादेखि हिमालसम्म यो सबै एक ढिक्का हुनेछ । यहाँ हामी यसलाई कुनै पनि मूल्यमा नेपालका जनतामाथि थोपर्न दिनेछैनौँ । जसलाई थोपरिएको स्थितिमा फेरि इन्डियनहरूले १९० वर्ष उपनिवेश भोग्नुपरेको जस्तो, औरङ्गजेबको गल्तीले १९० वर्ष इन्डियन नागरिकहरूले अङ्ग्रेजहरूको गुलामी गर्नुपरेको जस्तो, आजका शेरबहादुर, यिनका गठबन्धन वा एमालेको कुनै पनि गल्तीका कारणले हाम्रा नयाँ पिँढीले १९० वर्ष लड्नु नपरोस् । त्यसैले हामी के चाहन्छौँै भने हामीले आजैको दिनबाट हाम्रो टाउकोमाथि थोपरिन थालेको साम्राज्यवादीहरूको सिकन्जा, घेराबन्दी, दबाब र हस्तक्षेपलाई अन्त्य गर्नका लागि एकजुट हुनुपर्छ र लड्नुपर्छ यो । हाम्रो आग्रह र अपिल हो ।

आदरणीय कमरेड र जनसमुदायहरू, हामी निर्धक्कसँग लड्नुपर्छ । अब पार्टीभन्दा पनि माथि उठ्नुपर्छ राष्ट्रियताको रक्षाका लागि । हाम्रो देशको रक्षाका लागि । यत्रो जापानले चीनजस्तो विशाल देशलाई खाइदियो । सानो इङ्ल्यान्डले भारतजस्तो विशाल देशलाई खाइदियो । माओ त्सेतुङले एकचोटि त्यहाँका युवालाई अपिल गर्नुभएको थियो– तिमीसँग रगत छैन, चिनियाँहरूसँग रगत छैन ? चिनियाँहरूसँग तागत छैन ? यतिबेला ४५ करोड चिनियाँ उठे भने जापानलाई के गर्न सकिन्छ, धुलोपिठो बनाइदिन सकिन्छ । माओले अपिल गर्नुभएपछि सब चिनियाँहरू एक भएर जापानी साम्राज्यवादका विरुद्ध लड्दा च्याङ्काइसेकले के भन्यो भने कम्युनिस्टहरूलाई दायाँ मुक्का, बलियो मुक्काले हान । जापानीहरूलाई बायाँ, अलि काजोर मुक्काले हान । आखिर च्याङ्काइसेकको बुद्धि त्यस्तो थियो त ? दलालको बुद्धि त्यस्तो हुन्छ । आज पनि हामी के देख्छौँ भने यहाँ लड्ने विषयमा अब बहस हुन्छ । भोलिबाट कसका विरुद्ध लड्ने ? एमसीसी त भोलि मिलाइहालिन्छ, जनताका विरुद्ध हान्नुपर्छ भन्छन् यहाँका दलालहरू । त्यो भन्नेवाला छन् भन्लान् पनि तर हामी के भन्छौँै भने नेपालका ३ करोड जनताले बुझ्ने बेला आएको छ– दलालहरू साम्राज्यवादीहरूसँग मिलेर हाम्रो सम्पत्ति उडाउन आइरहेका छन् । हाम्रो धर्ती कब्जा गर्न आइरहेका छन् । हाम्रो देशलाई उनीहरूले नियन्त्रण गर्न, अतिक्रमण गर्न आइराखेका छन् । यो बेलामा हामीले बुझ्नुपर्छ– नेपालीहरू एक ढिक्का हुनुपर्छ । त्यतिबेला च्याङकाइसेकको सेनाले (यो फेरि उत्तापट्टिको सेनालाई उचालेको कुरा होइन तर मान्छेले भन्दैछन्, त्यो होइन है) च्याङकाइसेकको दलालीका विरुद्धमा, आत्मसमर्पणको विरुद्धमा, च्याङकाइसेकको लेङसेयसङ भन्ने कमान्डरको नेतृत्वमा च्याङकाइसेक राष्ट्रपति भएको मान्छेलाई बाँधेर कम्युनिस्टलाई बुझाइदिए । त्यसैले एउटा समय आउन सक्छ । सबै मान्छेनै हो । कर्मचारी पनि मान्छे हो । प्रहरी पनि मान्छे हो । सेना पनि मान्छे हो । पत्रकार पनि मान्छे हो । हामी पनि मान्छे हो । तपाईंले के रोज्नुहुन्छ, एउटा समय आउँछ । तपाईंले देश रोज्नुहुन्छ कि एमसीसी रोज्नुहुन्छ ? तपाईंले जनताको अधिकार रोज्नुहुन्छ कि अमेरिकीहरूको गुलामी रोज्नुहुन्छ ? तपाईंहरू पैसा रोज्नुहुन्छ कि स्वाभिमान रोज्नुहुन्छ ? तपाईंलाई डलर चाहियो कि आफ्नो धर्ती चाहियो ? नेपालमा एकचोटि त्यो समय आउछ, ल्याउनुपर्छ, हामी तयार छौँै । त्यसैले आदरणीय जनसमुदाय, एक दिन एक समय आउँछ । नेपाली जनताले सत्य कुरा बुझ्दै गएको छ र बुझ्नेछ । एउटा एकता सबै पार्टीभित्रका इमानदारहरू एकताबद्ध हुने, सबै इमानदार नागरिकहरू एकताबद्ध हुने, सबै श्रमजीवी जनता एकताबद्ध हुने, आफ्नो देशलाई बचाउनका लागि एक ढिक्का भएर उठ्ने समय आउँछ, ल्याउनुपर्छ । त्यसको लागि हाम्रो पार्टी जुनसुकै मूल्य चुकाउन फेरि तयार छ ।

मैले तपाईंहरूका बीचमा भन्ने कुरा यो हो । यसो भन्दा मान्छेले भन्न सक्छन् चर्काचर्का भाषण गरेर ! भित्रका साथी छुटाउने मन छ कि छैन ? हो, हाम्रा कयौँ साथी जेलमै हुनुहुन्छ, त्यो हामीलाई थाहा छ । हामीले केपी ओलीको सरकारसँग तीनबुँदे सहमति ग¥यौँ र हामीले के भन्यौँ भने तीनबुँदे सहमतिलाई हामी इमानदारीपूर्वक पालना गर्न तयार छौँै । पालना गरौँ । राज्यले पनि पालना गरोस् । दुई नम्बर बुँदाअनुसार हामी जनताका बीचमा जान तयार छौँ । तीन नम्बर बँुदा पालना गर्ने काम राज्यको हो, सरकारको हो । त्यसमा भनिएको छ– प्रतिबन्ध हटाउने । त्यसमा भनिएको छ– बन्दी साथीहरूलाई छोड्ने र झुट्टा मुद्दाहरू खारेज गर्ने तर आजसम्म राज्यले सुनेको नसुनेझैँ गरिरहेको छ विभिन्न खालका भ्रमहरू, विभिन्न खालका कुप्रचारहरू सुनिएको छ । आउँछन् । हामीले के भनेका छौँ भने जेल, नेल, मुद्दा, लडाइँ, बलिदान, देशलाई मुटुमा राखेर हिँडेको पार्टी, त्यसका नेता–कार्यकर्ताका लागि, एउटा सुन्दर देश र भविष्य आँखामा सजाएर हिँडेका कार्यकर्ताका लागि तिनका अगुवाहरूका लागि साधारण कुरा हो । यसमा हामीलाई केही चिन्ता छैन । तपाईं नछोड्नुस् । हामीले भनेका छौँै हाम्रा साथीहरूलाई– मोर्चा कसेर लड्नुस् । जेलमा बस्नुस्, बस्नुपर्छ । जेल क्रान्तिकारीहरू बस्नका लागि बनाएको चीज हो । त्यो त पुँजीवादी सत्ता रहेसम्म, दलालहरू रहेसम्म यी जेलहरूमा क्रान्तिकारीलाई थुनिन्छ । हामीलाई राम्रोसँग थाहाछ । त्यसैले हामीलाई त्यो केही कुराको पनि चिन्ता छैन । साथीहरूलाई इमानदारीपूर्वक छोड्नुपर्छ । सहमतिअनुसार छोड्नुपर्छ । अरू कुनै पनि सर्त हामीलाई मान्य छैन । अर्को कुनै सर्त लादेर, यो गरे छोड्छौँ, त्यो गरे छोड्छौँ भन्न खोजियो भने त्यो कुरा हामीलाई मान्य छैन । हामीले सीधै भनेका थियौँ, सहमति लागू गर्नुस् । हामी तपाईंहरूका बीचमा सहकार्य गरी छलफल गर्न तयार छौँै । तर तपाईंहरूले घेराबन्दी गर्नुभयो, दायाँबायाँ गर्नुभयो भने त्यो सम्भव छैन । बरु यो एमसीसीको खारेजीका विरुद्धको लडाइँमा हाम्रो देश, एमसीसी मात्रै होइन, तपाईंहरूले सुन्नुभएकै छ हाम्रा जयसिंह धामीलाई जिउँदै महाकाली नदीमा बगाउने साम्राज्यवादी कुतत्वहरू, अतिक्रमणकारीहरूका विरुद्ध लड्न हामी तयार छौँ । हाम्रो लिपुलेक, कालापानी, लिम्पियाधुरा त्यसका पक्षमा हाम्रा साथीहरू झन्डा गाड्न जाँदा बाटैबाट झोलामा पेस्तोल हालिदिएर समातेर लिम्पियाधुरातिर हिँडेको टोलीलाई समातेर अनि राज्यद्रोहको मुद्दा लगाएर, सङ्गठित अपराधको मुद्दा लगाएर, खरखजाना र हातहतियारको मुद्दा लगाएर जबर्जस्तए २–३ बर्ष जेलमा हालियो र यातना दिइयो तर हामीले साथीहरूलाई भन्यौँ– नआत्तिनुहोस् । लड्नुपर्छ । जेल बस्दाखेरि जेलबाट लड्नुपर्छ । बाहिर भए बाहिर लड्नुपर्छ तर जनताको अधिकारको लडाइँ छोड्नु हुँदैन, त्याग्नु हँुदैन । हाम्रो देशको हाम्रो भविष्य निर्माणलाई हामीले त्याग्नु हुँदैन । हामीले यही कुरा भनेका छौँै ।

आज पनि हामी यहाँ आएका छौँै । हामी चाहन्छौँ, नेपालमा एउटा नयाँ सहमतिलाई इमानदारीपूर्वक लागू गरिनुपर्छ । हुनुपर्छ । सँगै यो पनि भनेका छौँ– एमसीसी किन यसरी लादिँदैछ ? किन विदेशीहरूले दिउँसै हेलिकोप्टर हाम्रो टाउकोटाउकोमा नचाइदिन्छन्, एक दिन होइन, दुई दिन होइन, तीन दिन्,ा चार दिनसम्म हाम्रो टाउकोमा हेलिकप्टर नचाउँदाखेरि हेरेर मात्रै बस्ने मान्छेहरू कस्ता हुन् ? ढुङ्गाले भए पनि हान्नुपर्छ । मेरो भनाइ के छ भने मैले सुनेँ– जयसिंह धामीको गाउँका युवाहरूले भारतीय गाडी चढेर आउने मानवअधिकारवादीलाई ढुङ्गामुडाले हानेर उतैबाट डाँडो कटाए, त्यो ठीक छ । त्यो गर्नुपर्छ । मान्छेको मनमा स्वाभिमान हुनुपर्छ । मान्छे अजम्मरी को छ ? भन्नुस् त, सुनको बाकसमा बसे पनि मान्छे मर्छ । त्यो मर्ने कुराबाट चिन्ता गर्नु हँुदैन । धेरै तर न्यायको आवाज बुलन्द गर्न छोड्नु हुँदैन । सत्यको बाटोमा हिँड्न छोड्नु हुदैन । सत्य र न्याय भनेका महान् आदर्शहरू हुन् । यसबाट हामी बिचलित हुनु हुँदैन, हामी लगातार जानुपर्छ हाम्रो भनाइ यो हो । यसैले जयसिंह धामीलाई समातेको, खसालेको हामीले सुन्यौँ ।

दार्चुलाको डाँडाकाँडामा इन्डियन हेलिकोप्टर आएर नाच्यो । त्यसका विरद्ध सरकारले केही गर्न आदेश नै दिँदैन भने नेपाली सेनाको ब्यारेकमै ल्याएर नचाइदिन्छ । नेपालको राज्य कहाँ हरायो ? रक्षा मन्त्रालय कहाँ हरायो ? कहाँ सुत्यो ? हुनत शेरबहादुरजी भन्दै हुनुहुन्थ्यो, केपीजी भन्दै हुनुहुन्थ्यो– मन्त्री नै छैनन्, एक्लै के गरौँ ? अहिले शेरबहादुरजी आएको पनि २ महिना भैसक्यो । एकदम सफल गठबन्धन रे ! के यो एकदम भव्य गठबन्धन ! दुई महिना भैसक्यो, पाँचजना मन्त्री लिएर हिँडिराछन् प्रधानमन्त्री । देशमा के भाछ ? के थाहा उहाँहरूलाई प्रशासन कसरी चलेको छ ? प्रशासनिक प्रणालीमा के भएको छ ?, अर्थतन्त्र के भएको छ ? राजनीति भष्मासुर छ । हामीले हेर्छाैँ– तल जमिनमा मनपरी छ । नेपालमा अराजकता छाएको छ । अहिले राज्य नै छैन । गाउँमा कसले अनुगमन गर्ने ? कसले निरीक्षण गर्ने ? को उत्तरदायी हुने ? एकप्रकारले देश राज्यविहीनजस्तो भएर बसिराखेको छ । यो मौकामा कमिसनखोरहरू, तस्करहरू, भ्रष्टाचारीहरू अति मौलाएका छन् । साँझ रोपेको बोट बिहान तीन पात भएर निस्कन्छ भन्थे नि गाउँघरतिर, अहिले भ्रष्टाचारीहरू त्यस्तै भएका छन् । साँझको हजारपति बिहान हेर्दाखेरि करोडपति हुने जमाना छ हिजोआज । ती मस्त छन् तिनीहरूलाई थुनछेक कतै छैन । राज्यको बेरुजू ११ खर्ब पुग्यो रे ! अनि त्योभन्दा मन्त्रीलाई मजा आउँछ के ! ११ खर्ब कसले खायो होला ? मैले त पाइनँ कि क्या हो भन्याजस्तो कुरा गर्छन् यिनीहरू । यस्तो छ । यहाँ खोज्ने होइन, कारबाही गर्ने होइन, मेरो भागमा आयो कि आएन भन्ने चिन्ता छ । यिनीहरूलाई स्थानीय तहमा तपाईंहरूले सुन्नुभयो, दुईतीन वर्ष कति भयो, त्यो स्थानीय तह बनेको, बेरुजू कति निस्क्यो ? १ खर्ब । खान पनि अलिकति ढङ्ग चाहिन्छ नि त ! सुँगुरले चारो खाएको भन्दा पनि बढी खाने हो त ? केको विकास ? केको सङ्घीयता ? केको अधिकार ? सब्सिडी भनेको छ, खल्तीमा हालेको छ । विशेष कार्यक्रम भनेको छ, खल्तीमै हालेको छ । झोलै भरेको छ । अस्ति एउटा गाउँमा जाँदा हाम्रा चौधरी दिदीहरूले दुखेसो राख्नुभयो– सर, यता त गरिबी निवारण भनेर आयो २ सय, २ सय १००० र १००० उठाएर भागे सर । बिचरा चौधरी दिदीबैनीहरू एउटा कुखुरा बेचेर, अलिकति लसुन बेचेर जम्मा पारेको पैसा संस्थाको नाममा छ । गरिबी निवारण ? त्यो गरिबी निवारण संस्थामा बसेको मान्छे कस्तो छ भने हाम्रो लसुन र कुखुरा बेचेर जम्मा पारेको दिदीबैनीहरूको पैसा उठाएर भाग्छ । अनि त्यस्ता मान्छेहरूलाई राज्यले संरक्षण गरेर राख्छ । राज्यले त्यसलाई राम्रो देख्छ । अँ यो पो हो त गरिबी निवारण ! तलका भएका २–४ पैसा पनि टापटिप खल्ती भर्ने भन्याजस्तो, मिलेर खाने । मैले प्रमलाई पनि भनेँ– केको सब्सिडी तपाईंहरूको कहाँ छ ? सब्सिडी बाख्रापालन गर्न लग्यो भने अर्को जनताको बाख्रापालन देखाउने, खोर पनि अर्काकै देखाउने, निवेदन हाल्ने, १० लाख निकाल्ने, खल्तीमा भर्ने, टाप कस्ने । कर्मचारीसँग मिलेर यो गरिराख्या छन् । एकथरी कर्मचारी र राजनीतिक कार्यकर्ताहरू मिलेर भागबन्डा लाएर खाइराख्याछन् । कुनै बाख्रासाख्रा गाउँमा केही पनि छैनन् । सबै सब्सिडी केही मान्छेहरूले, भ्रष्टहरूले खाएर हिँडेका छन् । म सुन्दैछु । पहिला पञ्चायतको जमनामा कर्णालीमा एउटा राकम पुल भन्ने थियो । त्यो राकममा दुईपटक पुल बन्यो रे । पास भयो । पैसा पनि खाइसक्यो तर जनताले डुङ्गा तर्नुप¥यो । त्यो सब यही हो । हामी जनयुद्ध लड्दाखेरि जनताले भनेका थिए– यहीँनेर हो सर दुईपटक पास गरेर खाएको पुल । तर पुल पनि छैन, केही पनि छैन । भर्खरै म कर्णालीको हुम्लाकै कुरा सुन्दैछु– बाटो पास गरिसके, उता बाटो खनेकै छैन । पास गरेर बाटोको पैसा खाइसके । मलाई माओवादी केन्द्रका एकजना साथी भन्दै हुनुहुन्थ्यो– मैले ७२ लाख रुपैयाँ एउटा बाटोमा हालेँ । १५ लाख यताउता गरेँ सर । अरू सबै खाइहाले । मैले त पार्टी छोडेँ भन्नुहुन्छ राम्रो र स्थापित नेता । यस्तो छ देशको हालत । कति भ्रष्टाचार छ, कति भद्रगोल छ । देशमा यो छ भनेर भन्यो भने तपाईं आतङ्ककारी । यस्तो छ भन्यो भने तपाईं उग्रवादी । यस्तो बेथिति छ भन्यो भने तपाईं देशद्रोही । अनि त्यो मानेर हामी बस्ने ? त्यो स्वीकार गरेर हामी बस्ने ? त्यसैले हामीले भनेका छौँै– यो भ्रष्टाचार, यो बेथिति, खर्बौंको बेरुजू कोही पनि उत्तरदायी नहुने यो जुन परिपाटी छ, हामीले भनेका छौँै ठीक छ, मान्छेले खाए । ठीकै हो त्यहाँ जे भएको छ, यो सत्ताको कारणले हो । यसको मूल कारण दलाल पुँजीवादी सत्ता हो । नेपाली जनताको हातमा सत्ता आएको छैन । नेपाली श्रमिक जनता सत्ताको मालिक बनेका छैनन् । जनयुद्ध नौलो जनवादका लागि लडिएको थियो । जनयुद्ध वैज्ञानिक समाजवादका निमित्त लडिएको थियो । जनयुद्ध महान् आदर्श साम्यवादका लागि लडिएको थियो । म अहिले हेर्छु जनयुद्ध लडेका कमान्डरहरू संसद्मा हुनुहुन्छ । पैसाको ठूलो चाङ छ । त्यहाँ लडाइँ छ । हाम्रो अर्थमन्त्री बङ्कर कब्जा गर्न हिँड्याजस्तो दौडेर पारी बजेट लिएर जानुहुन्छ । हालत यस्तो छ, अर्को पार्टीको मान्छे के गर्छ ? प्रहरीको काँधमा चढेर छेक्दैछ । यो नाटक । यो खालको देशको एउटा विचित्र अवस्था जो देखिन्छ ।

हामी के देख्छौँै भने दलाल पुँजीवादी सत्ता भएसम्म यो नाटक चलिरहन्छ, यस्तो मञ्चन भैरहन्छ । यस्तो बेथिति भैरहन्छ । त्यसैले त महान् एउटा आदर्श, एउटा वर्गविहीन समाज, जातिहरूको अन्त्य गर्ने एउटा मानव जाति बनाउने, वर्गहरूको अन्त्य गर्ने, एउटा सभ्य वर्ग बनाउने, देशहरूको अन्त्य गर्ने, संसारलाई एउटा मानव भावनामा बाँच्ने बनाउने सभ्यता, एउटा आधुनिक सभ्यता, मानव जातिको एउटा उत्कृष्ट सभ्यता साम्यवादको अनुसन्धान भएको हो । हामी कम्युनिस्ट हौँ । हामी त्यसका लागि लडेका हौँ । हो, हामीलाई देश पनि चाहिन्छ । आजको दिनमा हामी देशभक्तहरूसँग सहकार्य गर्छौं । हामी साँच्चैका प्रगतिशील, लोकतन्त्रवादीहरूसँग सहकार्य गर्छौँै तर हामी लड्ने, हामीले सोचेको भनेको जुन दिनसम्म जनताको हातमा सत्ता आउँदैन, जुन दिनसम्म नेपाली जनता, श्रमिक जनता साँच्चैको मालिक बन्दैनन्, त्यतिबेलासम्म कुनै पनि बेथिति, भ्रष्टाचार, अत्याचार, दमन वा ठगी, तस्करी यो खालको एउटा कमिसनखोरी अन्त्य हँुदैन । त्यसैले जनसमुदायहरू, हामीले त्यो आदर्श, त्यो मूल्य, त्यो उद्देश्यबाट कहिल्यै आफूलाई पछि फर्काउनु हुँदैन । त्यसका लागि हामी निरन्तर अगाडि बढ्नुपर्छ, हामीले त्यो भनेका छौँै । त्यसैले हामीले भन्यौँ– हामी त लड्न तयार भएको मान्छे । नाचघरमा पत्रकार साथीहरूले सोध्नुभएको थियो– तपाईंहरूले संविधान नमान्दानमान्दै पनि आयो भने के गर्नुहुन्छ ? हामीले भनेका थियौँ– हामी विद्रोह गर्छौंं । हामीले ग¥यौँ पनि । हामी लड्यौँै पनि । आज यहाँ आएका छौँै । हामीले भन्न खोजेको कुरा के हो भने आफ्नो मान्यता र उद्देश्यका लागि आफ्नो लक्ष्यका लागि हामी फर्किनु हुँदैन । हामी झुक्नु हुँदैन । हामी कुनै पनि त्यस्तो गलत सम्झौता वा साँठगाँठमा पर्नु हुँदैन । हामी निरन्तर अगाडि बढ्नुपर्छ । परिवेशअनुसार केही समय पर्खिनुपर्छ ।

केही समय हामीले त्यहाँ विभिन्न खालका मोर्चाहरू बनाउनुपर्छ, सहकार्य गर्नुपर्छ तर मानव जातिलाई एउटा सुन्दर भविष्यतिर डो¥याउनबाट हामी विमुख हुनु हुँदैन । हामीले भनेको कुरा यो हो । आज पनि हामी भन्न चाहन्छौँै– आज हामी यहाँ आइपुगेका छौँ । हामी यो व्यवस्थाको विकल्प चाहन्छौँै, हामी लड्यौँ, यो व्यवस्थाको विरुद्धमा हामी फेरि लढ्यौँ । हामी आज यहाँ आइपुगेका छौँै । हामी के भन्छौँै भने दलाल पुँजीवादी सत्ता रहेसम्म नेपाली जनता अधिकार सम्पन्न हुँदैन । नेपाल देश स्वाधीन हँुदैन । त्यसैले वैज्ञानिक समाजवाद यसको विकल्प हो । दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाभन्दा सयौँ गुणा राम्रो वैज्ञानिक समाजवाद नेपाली जनताका लागि हितकर छ । त्यसका लागि जाऔँ, हामीले भन्यौँ । उहाँहरूले भन्नुभो– त्यसका लागि तपाईंहरूसँग बहस गर्न तयार छौँै, छलफल गर्छौँै, तर तपाईंहरू बन्दुक बोक्नुहुन्छ । तपाईंहरू सशस्त्र सङ्घर्षको कुरा गर्नुहुन्छ । जनतामा आउनुस् न, जनताको मन जितेर लानुस् । जनतासँग कुरा गर्नुस्, हामी तयार छौँ । अगाडि बोल्ने कमरेडहरूले पनि भन्नुभयो, हामी आएका छौँै । हामीले के भन्यौँ भने हामी आवश्यक पर्दाखेरि लडेर पनि अगाडि बढ्छौँै तर राज्यले हाम्रो कुरा सुन्छ भने, राजी ह्न्छ र इमानदार बन्छ भने राज्यले जनताको आकाङ्क्षा र भावनालाई सम्बोधन गर्न तयार हुन्छ भने हामीले के भनेका छौँै भने शान्तिपूर्ण तरिकाले जनमतद्वारा हामी प्रतिस्पर्धा गर्न पनि तयार छौँै । आजको दिनमा हामीले यो भनेका छौँै, नेपालमा संसदीय व्यवस्था सिद्धान्तबाट मात्रैै होइन, व्यवहारबाट पनि असफल भैसकेको छ । सङ्कटमा परेको छ । त्यसैले नेपाली जनता यो चाहँदैनन् । हामीले प्रचण्ड र केपीजीसँग पनि कुरा ग¥यौँं । अरू सबै नेताहरूसँग कुरा गर्दाखेरि हामीले भनेका छौँै, नेपाली जनताले परिवर्तन चाहेका छन्, तपाईंले पाएको ६२ प्रतिशत मत कम्युनिस्टका नाममा तपाईंहरूले चुनावमा जित्नुभएका प्रतिनिधिहरू यो सबै वास्तवमा समाजवादका लागि नै थियो ।

जनयुद्धलाई जनताले हुर्काएको र जिताएको कुरा पनि समाजवादकै लागि थियो । झापा आन्दोलनमा जनताले दिएको सहयोग पनि समाजवादकै लागि थियो । एकप्रकारले भन्ने हो भने बीपी कोइरालाहरूले बन्दुक उठाउँदाखेरि नेपाली जनताले साथ दिएको पनि समाजवादकै लागि थियो । लोकतात्रिक समाजवाद त काङ्ग्रेसहरू पनि भन्ने गर्छन् नि । आज नेपाली जनताले कम्युनिस्टहरूलाई दुई तिहाइ दिएर पठाए । जनताको मतको रक्षा तपाईंहरूले गर्न सक्नुभएन । कुरा गर्दा तपाईं एकले अर्कोलाई दोष लगाउनुहुन्छ । हामी सुन्छौँ । केपीजीको कुरा सुन्यो भने यो सब सिध्याउने र खतम पार्ने काम प्रचण्ड र माधव नेपालहरूले गरेका हुन् भन्ने । उहाँलाइ झोक पनि चलेको छ उहाँहरुप्रति । अहिले पनि, हुने पनि भयो । पूरै कुर्सीसुर्सीबाट फाल्दिसकेपछि उहाँलाई झोक चल्ने कुरा पनि भैहाल्यो । यता माधवजी र प्रचण्डजीलाई भेट्यो भने सब बिगार्ने यही केपी हो भन्ने प¥या छ । हामीलाई अलिकति भाग लगाए त हुन्थ्यो, एक्लै कुम्ल्याउन खोज्यो भन्ने उहाँलाई प¥या छ । सहमति लागू गरिएन, सहमतिअनुसार नगएपछि यो भएन भन्ने उहाँहरूलाई प¥या छ । तर जेसुकै होस्, जनतालाई त्यो सरोकार छैन । जनतालाई त सरोकार के छ भने कम्युनिस्टहरूले जिते भने समाजवाद आउला कि ! कम्युनिस्टले जिते भने कम्युनिस्टहरूले देखेजस्तै, घोषणापत्रमा लेखेजस्तै किसानहरूले अलिकति बास पाउलान्, गाँस पाउलान्, दलितहरूले अधिकार पाउलान्, महिलाहरूले अधिकार पाउलान्, मजदुर–किसानले आधीकार पाउलान्, युवाहरूले रोजगारी पाउलान्, विद्यार्थीले अलि राम्रो शिक्षा पाउलान्, स्वास्थ पाउलान् । जनतालाई त्यस्तो लागेको थियो नि । अन्ततः त्यो समाजवादी मतको संरक्षण हुन सकेन । हामीले के भनेका छौँ भने त्यो समाजवादले जित्ने मत कुर्सीको लडाइँमा प्रयोग भयो । कमिसनको लडाइँमा उपयोग भयो । त्यो एकआपसको भिडन्त र लुछाचुँडीमा प्रयोग भयो । ती मान्छेहरू मतबाट भागे । जनताको मत, कम्युनिस्ट सरकार चलाउने ल्याउने जनताको मत, समाजवादका लागि मेहनत गर्छौँै भनेर ल्याउने तर प्रयोगचाहिँ एकआपसमा सिध्याएर जनतालाई ठग्नेतिर गयो । त्यसबाट जनता बेचैन छन् । निरास र हैरान पनि छन् । हामीले भनेका छौँै जनतालाई अधिकार दिनुपर्छ । नेपालमा संसदीय व्यवस्था सफल छैन । यो व्यवस्था सफल नभएपछि हामीले के भनेका छौँै भने यसको विकल्प वैज्ञानिक समाजवाद हो । समाजवादमा हामी जान चाहन्छौँै । राज्यले जनमतको कदर गर्छ भने, जनताको भावना सुन्छ भने जनमतसङ्ग्रह गरौँ । शान्तिपूर्ण तरिकाले गरौँ न । पञ्चायती तानाशाही व्यवस्थाले जनमतसङ्ग्रह दिन सक्यो भने, निरङ्कुश पञ्चायती व्यवस्थाले जनमतसङ्ग्रह दिन मिल्छ र तयार हुन्छ भने आफूलाई लोकतान्त्रवादी भनेर साँझबिहान नथाक्ने नेपालका राजनीतिक दलहरूले जनमतसङ्ग्रह गर्ने हिम्मत गर्नु पर्दैन ? गर्नु पर्छ कि पर्दैन ? आउनुस् व्यवस्था रोज्ने जनमतसंग्रहमा लडौँ, हामीले भनेका छौँै । तपाईंहरूले जित्नुभयो भने, फेरि पनि नेपाली जनताले पँुजीवादलाई नै रोजेछन् भने, फेरि पनि नेपाली जनताले संसदीय व्यवस्था नै रोजेछन् भने हामी भनौँला– नेपाली जनतासँग फेरि बहस गरौँला तर हामीलाई विश्वास छ– नेपालका महिलाले यो गएगुज्रेको, टाउकोमाथि थिचेर बसेको, यो भारी, बोझिलो, दलाल पुँजीवादी सत्ता महिलाहरूले रोज्ने छैनन्, किसानहरूले रोज्ने छैनन्, दलितहरूले रोज्ने छैनन्, मजदुरहरूले रोज्ने छैनन्, नेपालका श्रमिकहरूले रोज्ने छैनन्, नेपालका जाति–जनजाति, मधेसीले रोज्ने छैनन् । ती जनताले समाजवाद रोज्नेछन्् । हामीलाई त्यो थाहा छ । त्यसैले हामी प्रतिस्पर्धामा उत्रेका छौँै । हामीले के भनेका छौँै भने ल ठीक छ शान्तिपूर्ण तरिकाले जाऊँ । यो अधिकार तिमीहरूले जनतालाई प्रदान गर्नुपर्छ, यसका लागि हामी तयार छौँै । तर व्यवस्था चलाउन पनि सफल नहुने संसदीय व्यवस्थामा जनताले साह्रै अन्याय–अत्याचार पनि भोगिरहनुपर्ने, संसदीय व्यवस्थाको उत्पीडन खप्नु पनि पर्ने, लूट–आतङ्क जेसुकै भए पनि भोग्नुपर्ने अनि निकास पनि दिनु नपर्ने ! जनता अगाडि जान चाहन्छन्, जनतालाई बाटो पनि नछोड्ने यो भयो भने के हुन्छ ? हामीले के भनेका छौँै भने आफूले सत्ता नचलाउने, चलाउन नसक्ने अनि जनतालाई दोष थुपारेर अरू क्रान्तिकारीहरूलाई दोष थुपारेर, यो गलत, उत्पीडनकारी, शोषणकारी, अत्याचारी दलाल प्रवृत्तिलाई नेपालको सत्तामा प्रयोग गर्न पाइँदैन ।

कमरेडहरू र मित्रहरू, त्यसकारण जनमतसङ्ग्रहका लागि हामी प्रतिस्पर्धा गर्न भनी उत्रिएका छौँ । हामी देशबाट एउटा मुक्ति अभियान चलाउँछौँै । हामीले मित्रहरूलाई पनि भनेका छौँै– हामी नअल्मलिऊँ । परिवर्तनको बाटोमा जनताको आकाङ्क्षाअनुसार तयार गर्नुपर्छ, जनताको भावनासँग जोडेर त्यसलाई अगाडि बढाउनुपर्छ । देशका लागि आजको सबैभन्दा उत्तम विकल्प भनेको संसदीय व्यवस्थाको चुनाव होइन, फेरि संसद्, फेरि तिनै पात्र ! हुँदाहँुदै काङ्ग्रेसका साथीहरूले भन्नुभएको थियोे, ‘हैन, अहिलेको संसदीय चुनावमा साधारण जनता कोही पनि लड्न नसक्ने भए ।’ माओवादी केन्द्रका साथी पनि त्यस्तै भन्नुहुन्छ, ‘अब चुनाव भयो भने हामी कोही पनि चुनाव लड्न सक्दैनौँ ।’ एमालेका साथी पनि त्यही भन्नुहुन्छ– चुनाव कसको कब्जामा गयो ? चुनाव त बिस्तारै दलालहरूको, अर्बपतिहरूको, करोडपतिहरूको हातमा गयो । चुनावमा जित्नेहरु त जनताका मान्छे वा प्रतिनिधि हुन् की होइनन् ? कसले जनताको प्रतिनिधित्व गर्छ ? त्यसकोे अर्थ छैन । पैसा जसले बढी हाल्न सक्छ, जसले बढी खर्च गर्न सक्छ त्यो आउने स्थिति बन्यो । त्यसैले यो प्रणालीबाट जनताको हित हुँदैन भन्ने विषयमा व्यापक बहस छ । त्यसैले हामीले के भनेका छौँै भने एकचोटि नेपाली जनताको जनमतद्वारा एउटा राज्यव्यवस्था चुन्ने फैसला गर्ने अधिकार दिऊँ ।

हाम्रा साथीहरू जेलमा हुनुहुन्छ, हामी यहाँ आएका छौँै । बहस गर्दैछौँै । हाम्रो देशमा जुन खालको एमसीसीको बहस चलिरहेको छ, यो किन चल्यो ? फेरि पनि म तपाईंहरूलाई भन्छु– एमसीसी के पैसाको मामिला मात्रै हो ? एमसीसी के सहयोगको कुरा मात्रैै हो ? एमसीसी के मित्रले सहयोग गर्ने कुरा मात्रैै हो ? त्यसो हुन्थ्यो भने यो ठूलो कुरा हुँदैनथ्यो । सहयोग गर्नुपर्छ, एकअर्कालाई दिनुपर्छ, त्यसमा हाम्रो कुनै आपत्ति छैन तर सहयोग त सहयोग, सर्तसहित सहयोग ! त्यो हेर्दा पनि अनौठो लाग्छ । ऊ यसो भनिरहेको छ– तपाईंले घर हाल्नैपर्छ, घर हाल्नुस्, म पैसा दिन्छु तर तपाईंंको घरको ढोकादेखि कोठासम्म मेरो मान्छेले हेर्नुपर्छ । तपाईंको घरको सुरक्षा मेरो जिम्मामा हुनुपर्छ । हुँदाहुँदा तपाईं के खानुहुन्छ, त्यो मैले जाँच गर्न पाउनुपर्छ । तपाई कहाँ सुत्नुहुन्छ त्यो पनि मलाई देखाउनुपर्छ । यसो भएपछि त्यो घरको औचित्य हुन्छ ? त्यो सहयोग सहयोग हुन्छ ? घर पनि जबर्जस्ती हाल्नैपपर्छ भन्ने तर घर यस्तो हुनुपर्छ, तपाईं हिँडेको रेकर्ड पनि मलाई चाहिन्छ । तपाईं बस्ने ठाउँ पनि मलाई देखाउनुपर्छ । हुँदाहुँदा तपाईंको बिस्तरा पनि मलाई देखाउनुपर्छ भन्न थालेपछि हैट्, त्यस्तो घरमा सुत्नुभन्दा त बरु रूखमुनि सुत्दा आनन्द आउँछ । त्यसैले कुरा के हुन्छ भने एमसीसी आर्थिक मामिला मात्रै होइन । एमसीसीसँग हामी के देख्दैछौँै भने अगाडिअगाडि ५० करोड डलर र पछाडिपछाडि एम सिक्सटिन आउन बेर छैन । यसमा राम्रोसँग ध्यान दिन जरुरी छ । अगाडिअगाडि एमसीसी सम्झौता र पछाडिपछाडि अमेरिकाको कानुन व्यवस्था आउँदैछ । अमेरिकी सरकारको कानुन व्यवस्था आउँदैछ । हामीले यस्तो कुरालाई ध्यान दिएनौँ भने एक दिन यस्तो हुनेछ– ५० करोड होइन ५० अर्ब डलर तिर्दाखेरि पनि नेपाली जनता ऋणबाट मुक्त नहुने अवस्था आउनसक्छ । त्यसैले जनतामाथि लादिने यो सम्झौतालाई हामीले कदापि स्विकार्नु हुँदैन । त्यसैले म युवा साथीहरूलाई भन्न चाहन्छु– हेर्नुस्, हामी लड्दै यहाँसम्म आएका छौँै । अब तपाईंहरूको जिम्मा पनि आउँदैछ । हेर्दाहेर्दै हाम्रा छोराहरू–भतिजाहरू यति ठूला भैसक्नुभो । तपाईं २०÷२५ वर्षका युवाहरूलाई देख्दा पञ्चायती व्यवस्थाको समय सम्झना आउँछ । हामी रत्नपार्कको बारमा उभिएर भाषण गथ्र्यौं । मान्छे थोरै हुन्थ्यौँ तर हामी रत्नपार्कमा जमेर भाषण गथ्र्यौं । हामीलाई त्यतिबेला पनि के लाग्थ्यो भने हामी एक दिन यो देशलाई बदल्छौँै । अमेरिका त्यसै अमेरिका भएको होइन । अमेरिका ब्रिटेनले एउटा चियामाथि ट्याक्स थप्यो भन्दै विद्रोह गर्ने देश हो । ब्रिटिसको उपनिवेश हो नि अमेरिका तर चियामाथि ट्याक्स लायो भनेर विद्रोह गरेर ५ लाख अमेरिकीहरू मरेर अमेरिका स्वतन्त्र भएको थियो । संसारभरि आधुनिक सभ्यता बन्ने बेला सबैतिर ठूलाठूला भिडन्त भएका छन् । युवाहरूले एउटा सपना देख्नुपर्छ । हामीलाई सहयोग चाहिन्छ तर हामीले हाम्रो खुट्टामा विश्वास गर्नुपर्छ । हाम्रो पौरख, हाम्रा नाडीमाथी, हाम्रा पाखुरामाथि विश्वास गर्नुपर्छ । हामीले हाम्रो दिमागमा विश्वास गर्नुपर्छ । हामीसँग खुट्टा छन्, हामीसँग पाखुरा छन् र हामीसँग दिमाग छ । यो देशलाई हामी सबै चीजहरू प्रयोग गरेर राम्रो बनाउनसक्छौँै । हामीलाई कसैको सहयोग चाहिन्छ तर कसैको दया र भिक हामीलाई चाहिँदैन । कसैको प्रभुत्व र हस्तक्षेप चाहिँदैन । हामी बनाउन सक्छौँै, तपाईं तयार हुनुस् । हाम्रा कलेजहरू र हाम्रा विश्वविद्यालयहरूलाई नेपालका मुक्तियोद्धहरूमा बदल्न तयार हुनुपर्छ । हाम्रा गाउँका युवाहरूलाई आफ्नै गाउँको स्वाभिमानका लागि लड्नसक्ने योद्धाका रुपमा तयार पार्नुपर्छ । हामीले सपना देख्नुपर्छ । नेपाली जनता विदेशीको गुलाम गर्नका लागि होइन, अरूको चाकडी गर्नका लागि मात्रै जन्मेका मान्छेहरू होइनन् । हामीले हाम्रो देशलाई एक दिन आफ्नै खुट्टामा उभिएको, आफ्नै पौरखमा बाँचेको, आफ्नै विवेकले नेतृत्व गर्नसक्ने विश्वको एउटा सुन्दर देश बनाउने सपना देख्नुपर्छ र त्यो सम्भव छ, त्यो बनाउनुपर्छ । एमसीसीका विरुद्ध लड्दै, दलाल पुँजीवादी सत्ताका विरुद्ध लड्दै, संसदीय सत्ताका विरुद्ध लड्दै, वैैज्ञानिक समाजवादका निम्ति, महान् आदर्शका निम्ति, एउटा राज्यको स्वाधीनताका निम्ति लड्दै हामी अगाडी बढाँै ! हामी एक दिन अवश्य सफल हुनेछौँै । जेलमा भएका हाम्रा साथीहरू अवश्य छुटेर आउनुहुनेछ । हामीमाथि मुद्दाहरू छन्, ती खारेज हुनेछन् । खारेज भएनन् भने त्यस्लाई खारेज गरेर गइनेछ र सङ्घर्षको मैदानबाट सारा चीजहरूलाई अगाडि बढाइनेछ । हामी आजको रात यसरी सुतौँ, सबै युवा साथीहरू यसरी सुत्नुस्, तपाईंको सपनामा नयाँ नेपाल देखियोस् ।

(गत भदौ २८ गते नेकपाले काठमाडौँमा आयोजना गरेको एमसीसीविरोधी बृहत् जनसभामा नेकपाका महासचिव क. विप्लवको सम्बोधनको सम्पादित अंश । स्रोत :जन बिहानी राष्ट्रिय मासिक –२ ) सम्पादक

 

Leave a Reply

Your email address will not be published.