सिन्धुपाल्चोक, मंसिर २५ गते । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नं. १ मा वडा भेला सम्पन्न भएको छ । भेलाबाट विराज तामाङको नेतृत्वमा ९ सदस्यीय वडा स्तरीय कमिटी गठन गरिएको छ ।
उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टीका सिन्धुपाल्चोक सचिव युगीनले संसदीय व्यवस्थाको कारण आज नेपाली जनताले दुःखकष्ट भोगिरहेकोले अब जनमतसंग्रहमार्फत नेपाली जनताले संसदीय व्यवस्था खारेज गरेर जनताको व्यवस्था वैज्ञानिक समाजवाद ल्याउनु पर्ने बताए । राष्ट्रघाती एमसीसी सम्झौता देश र जनताको हितमा नभएकोले यो एमसीसी विरुद्ध आफ्नो पार्टीले निर्णायक आन्दोलनको कार्यक्रम गरिरहेको जानकारी गराउदै उक्त संघर्ष कार्यक्रममा साथ दिन सबैमा अपिल गरे । उक्त कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य कुमारले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता विराज तामाङ गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य शिशिर लामा गरेका थिए ।कार्यक्रमका सन्चालन युवराज लामा गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले सन्चालन गरेको अभियानका क्रममा जुगल गाउँपालिका ५ मा पूर्व जनमुक्ति सेनाको प्लाटुन कमान्डर अर्जुनसहित ६ जनाको सेल कमिटी गठन गरिएको छ ।
यसैबिच नेपाल कम्युनिस्ट पार्टीका सिन्धुपाल्चोक सचिव युगीन लगायतका टिमले जिल्लाको तौथलीमा सहिद कृष्ण श्रेष्ठ `कुशल, दुर्गा थामी `प्रेम`, गोरी माया विकको आफन्तहरुसँग भेटघाट तथा छलफल गरेका छन् ।