लथालिङ्ग सरकारको भताभुङ्ग चाला…

Economic

यतिबेला नेपालमा विद्यमान दलाल पुँजीवादी सत्तादेखि त्यसको टेको देउवा–दाहाल सरकारसम्म जता हे¥यो उतै लथालिङ्ग र भताभुङ्ग चाला देखिन्छ । राजनीतिक रूपमा हिजो जनयुद्धकालमा टाउकाको मोल तोक्ने र झोलाभरि टाउका ल्याएर झोलाभरिपैसा लग्न उर्दी लगाउनेशाही मतियार शेरबहादुर देउवा र टाउकाको मूल्य तोकिएकामध्येकापुष्पकमल दाहाल–बाबुराम भट्टराईहरूको गठबन्धन सरकार छ ।

न्यायालयमा भ्रष्टाचार र घूसकाण्ड छरपस्ट भएको छ । प्रधानन्यायाधीश र कानुनव्यवसायीका बीचको विवाद कथित न्यायमूर्ति र कथित न्यायालयको आन्तरिक वस्त्रसमेत खुस्किने गरी भन्डाफोर भएर सतहमा आएको छ ।

जबाफदेहीविहीन सरकारले जनताका आधारभूत आवश्यकताका उपभोग्य पदार्थको मूल्यमा अत्यधिक वृद्धि गरेर जनताको ढाडै सेकेको छ । केपी वली सरकारले हल्ला गरेको घरघरमा सिंहदरबार घरघरसम्म संस्थागत भ्रष्टाचार भएर झाङ्गिएको छ । वलीले व्याख्या र बयान गरेका समृद्धिका हावादारी गफ देउवा–दाहाल गठबन्धनमा रहेका पार्टीका नेता–कार्यकर्ताको समृद्धिमा रूपान्तरित भएको छ । जनताले न्याय पाउने कुनै सम्भावना देखिँदैन । जनतामा सरकार र सत्ताप्रति आक्रोशको सीमा अत्यधिक बढेको छ ।

राष्ट्रियता अत्यन्त कमजोर बनेको छ । एमसीसीजस्तो राष्ट्रघाती सम्झौता लादेर देशलाई दीर्घकालीन रूपमा साम्राज्यवादको युद्धभूमि बनाउने योजना सत्ताका प्रमुखहरूले नै अघि बढाइरहेका छन् । नेपाली काङ्ग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गराउन मरिहत्ते गर्नुलाईस्वाभाविक मान्न सकिएला तर सरकारमा रहेका गठबन्धनका सहयात्रीहरू अर्थात् आपूmलाई कम्युनिस्ट भनाउनेहरूले नै भित्रभित्रै एमसीसी पारित गर्ने तयारी गर्नु भने घोर राष्ट्रघाती षड्यन्त्र हो ।

यी सबै किसिमका बेथिति र भद्रगोल अवस्थाबाट देशलाई मुक्त गर्न नेपाल कम्युनिस्ट पार्टीले नेकपाको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार र त्यो सरकारको नेतृत्वमा जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादी व्यवस्था प्रस्ताव गरेको छ । मुलुक क्रमशः यी सबै अन्योल र अस्तव्यस्तताबाट मुक्त हुन नेकपाले प्रस्ताव गरेको राजनीतिक कार्यक्रम र कार्यनीतितिर अग्रसर भइरहेको छ ।

जनताको घरघरमा जनमतसङ्ग्रह र वैज्ञानिक समाजवादका विषयमा छलफल सुरु भएको छ । यो लथालिङ्ग र भताभुङ्ग अवस्थाबाट देशलाई मुक्त गरेर समानतामूलक समाज निर्माण गर्न वैज्ञानिक समाजवाद स्थापना र लागू गर्नु अनिवार्य आवश्यकता बनेको छ । यसका लागि जनताको मतको पूर्ण रूपमा सदुपयोग गर्न जमतसङ्ग्रह गराएर दलाल पुँजीवादी व्यवस्थालाई विस्थापित गरी वैज्ञानिक समाजवाद स्थापना गर्नु अपरिहार्य देखिन्छ । सम्पादकीय

स्राेत: जन बिहानी राष्ट्रिय मासिक -२

Leave a Reply

Your email address will not be published. Required fields are marked *