पूर्व जनमुक्ति सेनाका कमाण्डरसहित ९ जना विप्लव नेकपामा प्रवेश

National News

वसन्त विक/बर्दिया, मंसिर २५  गते । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा पूर्व जनमुक्ति सेनको कमाण्डरसहित ९ जना शुक्रबार पार्टी प्रवेश गरेका छन् । जिल्लाको बढैयाताल गाउँपालिकाको वडा नम्वर ८ मा जनएकता अभियानका क्रममा भएको एक कार्यक्रममा उनीहरु नेकपामा प्रवेश गरेका हुन् ।

नेकपामा प्रवेश गर्नेमा पूर्व जनमुक्ति सेनाका कमाण्डर पार्वती सत्याल, रतन बस्याल, सुजता रानाभाट, गंग बहादुर बिसी, लक्ष्मी नेपाली, भिम ओली, बिमला थापा, बिनिसा नेपाली र लोक बहादुर रानाभाट रहेका छन् । नवप्रवेशी पार्वतीको नेतृत्वमा सबैलाई वडा कमिटिमा राखिएको नेकपाले जनाएको छ ।
नवप्रवेशीहरुलाई अभियान टिमका प्रमुख शितलले फुलमाला र अविर लगाएर स्वागत गरेका छन् । कार्यक्रमको संन्चालन गाउँपालिका इन्चार्ज राजेन्द्रले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *