जनमतसङ्ग्रहको कार्यनीतिलाई जनतासम्म पुर्याउन कार्यकर्ताहरूलाई नेता विषमकाे निर्देशन

News Political

रोल्पा, मंसिर २४ गते ।  नेपाल कम्युनिस्ट पार्टी रोल्पाको आयोजनामा संयुक्त नगर र गाउँ कमिटी स्तरीय राजनैतिक/बैचारिक प्रशिक्षण कार्यक्रम सुलिचौरमा सम्पन्न भएको छ । रोल्पा नगरपालिका, सुनिल स्मृति, लुङरी र सुनछहरी गाउँपालिकाका पार्टी सदस्यहरू सम्मिलित प्रशिक्षणको मुख्य प्रशिक्षकका लागि पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर(विषम) रोल्पा पुगेका थिए ।

प्रशिक्षण दिँदै बुढामगरले पार्टीले लिएको जनमतसङ्ग्रहको कार्यनीतिलाई जनतासम्म पुर्याउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा लिएर अघि बढेको पार्टीका कार्यकर्ता हुनुका नाताले पार्टीको नीति जनतासम्म पुर्याउने मुख्य दायित्व रहेकाले त्यसलाई पूरा गर्नुपर्नेमा जोड दिए ।

प्रशिक्षणमा सहभागी नगर गाउँ कमिटीका सेक्रेटरीहरू रोल्पा नगरपालिकाका सेक्रेटरी सिजन, सुनिल स्मृति गाउँपालिका सेक्रेटरी प्रदीप, लुङरी गाउँपालिका सेक्रेटरी श्रवन, सुनछहरी गाउँपालिकाका सेक्रेटरी हर्कले आ–आफ्नो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए ।

पार्टीका केन्द्रीय सदस्य एवम् रोल्पा जिल्ला इन्चार्ज केशबहादु बाठामगर ‘सुवास’ को अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्या तथा काभ्रे जिल्ला इन्चार्ज मोहलाल चन्द ‘आधार’ को आतिथ्यता रहेको थियो भने बिशेष कमिटी सदस्य प्रयासले स्वागत र जिल्ला सक्रेटरी दिनेश बिक्रम चन्दले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *