सल्यानमा पूर्व जनमुक्ति सेनाका सेक्सन कमान्डरसहित १० जना नेकपामा प्रवेश

News Political

सल्यान, मंसिर १९  गते ।  नेपाल कम्युनिस्ट पार्टी सल्यानको एक महिने एकीकृत जनभेटघाट अभियान अन्तर्गत पूर्व जनमुक्ति सेनाका सेक्सन कमान्डर तथा नेकपा (माओवादी केन्द्र) का नेता दुर्गा सुनारसहित १० जना नेताकार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेपाल गाउँपालिका सदस्य गणेश सुनार पनि नेकपामा प्रवेश गरेका छन् । त्यसैगरी पार्टी प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका वाइसिएल वडा संयोजक राकेश बुढाथोकी, पार्टी सदस्यहरु गोपाल बुढाथोकी, अतिराम बुढाथोकी, आत्मराम बुढाथोकी, रमेश बुढाथोकी, पहल बुढाथोकी, बिष्णु बुढाथोकी, टेक बहादुर बस्नेत रहेका छन् ।

नेकपा सल्यानले चलाएको जनभेटघाट अभियानमा विभिन्न विद्यालय, गाउँ, घर टोलटोलमा सामाजिक विकृति, अन्याय, दमन, शोषण, भ्रष्टाचार लागू औषध दुर्ब्यसनी जस्ता क्रियाकलापको भन्डाफोर गर्दै जनताको बिचमा संसदिय व्यवस्थाको विकल्पमा जनमतसङग्रमार्फत वैज्ञानिक समाजवादका लागि पार्टीले संघर्ष गर्ने एजेन्डा लिएर अभियान चलाइरहेको छ ।

यही सन्दर्भमा शनिबार कुमाख बनगाड कमानले युवा वडा कमिटी गठन गर्दै विभिन्न पार्टीमा आवद्द पार्टी सदस्य र युवाहरुलाई सङ्गठित र ध्रुबीकरण गर्दै पार्टी प्रवेश गराएको छ । कुमाख गाउँपालिका वडा नम्बर ५ खहरेखोलामा एक कार्यक्रमका बिच कुमाख बनगाड कमान इन्चार्ज गणेश क्षेत्री मार्सलले प्रशिक्षित गरेका थिए । यस्तै कार्यक्रममा स्वागत गर्दै पार्टी जिल्ला कमिटी सदस्य एकेन्द्र शाह, भिम रावतले अविर आवरण गर्दै नवप्रवेशीहरुलाई स्वागत गर्दै बधाई दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *