काठमाडौँ, मङ्सिर १८ गते । अखिल नेपाल जनसांस्कृतिक महासंघको आंगिक संगठन ‘अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी सङ्घ’ को राष्ट्रिय भेला सम्पन्न भएको छ ।
भेलामा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, अतिथिहरू अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष माइला लामा, उपाध्यक्ष शोभा दुलाल, महासचिव खेम थपलिया, सचिव कुशल बोगटी, अखिल नेपाल लोककलाकर्मी सङ्घका अध्यक्ष ढुण्डीराज अधिकारीलगायत हुनुहुन्थ्यो ।
भेलाले कमरेड विवेक सापकोटाको अध्यक्षतामा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा जिबी आग्री (उदयपुर), कालु राना (सिरहा), अर्जुन भुषाल (नवलपुर), जीवन श्रेष्ठ (काठमाडौँ), महासचिव संजोक राणा (धादिङ्ग), सचिवमा राजबहादुर साने (जुम्ला), अशोक कठायत (मोरङ), संजय थापा (काठमाडौँ), कोषाध्यक्ष राहुल बराइली (सिन्धुपाल्चोक), सदस्यहरूमा सम्राट बस्नेत (धादिङ), बाबु बलामी (मकवानपुर), यादव वैरागी (काठमाडौँ), जेनिसा तामाङ (रामेछाप), पूर्णिमा मगर (गुल्मी), सगुन थापा (नुवाकोट), सोम तामाङ (नुवाकोट), हरि मल्ल ठकुरी (धादिङ), विशाल गुप्ता (नवलपरासी), प्रज्वल रावत (सिन्धुपाल्चोक), भेग पहाडी (उदयपुर), मनोज चौलागाईं (मकवानपुर), सुवास देवकोटा (पाल्पा), रोबर्ट सिंह बडेला (कैलाली), वीरबहादुर लामा (ललितपुर), भुवन गोर्खाली (भक्तपुर), सिस्टर बिएम (गुल्मी), श्रवनकुमार थापा मगर (भक्तपुर), समेल बराइली (उदयपुर) र नवीन विक हुनुहुन्छ ।