विराटनगरमा भोलि बृहत जनसभा हुँदै, सभालाई महासचिव विप्लवले सम्बोधन गर्ने

News Political

विराटनगर, मंसिर १७ गते ।  वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गर्दै आइरहेको नेपाल कम्युनिष्ट पार्टीले भोलि अर्थात मंसिर १८ गते विराटनगरमा बृहत जनसभा गर्दैछ । नेपाल कम्युनिष्ट पार्टी पूर्वी जिल्ला समितिहरुको संयक्त आयोजनामा हुन लागिरहेको बृहत जनसभालाई पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने भएका छन् ।

विराटनगरको महेन्द्रचोकमा भोलि हुने जनसभाको सम्पूर्ण तयारी पूरा भएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज दिपेश राईले जानकारी दिए । लामो समयपछि पूर्वी नेपालमा हुन लागेको जनसभामा हजारौँको उपस्थिति रहने आयोजकले बताएको

जनसभा हुनुअघि नाराजुलुससहितको र्यालीले विराटनगर बजार परिक्रमा गर्ने र त्यसपश्चात महेन्द्रचोकमा जनसभा हुने आयोजकले जनाएको छ । जनसभालाई सम्बोधन गर्नका लागि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव विराटनगर पुगिसकेका छन् । आज महासचिव विप्लवले सुनसरीका बन्दी परिवार, जेल जीवन बिताइरहेका राजनीतिक बन्दीहरुसँग भेटघाट तथा अन्तरक्रिया गरिरहेकाे बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *