नेकपा(एस)का अध्यक्ष नेपाल र नेकपाका सचिवालय सदस्य सुदर्शनबीच भेटवार्ता

News Political

काठमाडौँ,  मंसिर १५ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र नेपाल कम्युनिस्त पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ बीच भेटवार्ता भएको समाचार प्राप्त भएकाे छ ।

बुधबा विहान भएको भेटवार्तामा नेकपा नेता सुदर्शनले अघिल्लो सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमित कार्यान्वयन, बन्दीको रिहाईमा सरकारले ढिलाई गरेको बताएका थिए । भेटवार्तामा सुदर्शनले तीन बुँदे सहमतिमा आफ्नो पार्टी इमान्दार भएपनि सरकार कार्यान्वयनमा ढिलाई गरेको बताएका थिए ।

जवाफमा अध्यक्ष नेपालले तीन बुँदे सहमित सरकारी तहमै भएकोले वर्तमान सरकारले कार्यान्वयन गर्नुमा आफ्नो धारणा रहेको बताए । यो विषयमा सत्ता आफूले छलफल गर्ने र बन्दी बनाईएका नेता कार्यकर्ता रिहाईको लागि पहल गर्ने बताएका थिए ।

साथै, अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि तीन बुँदे सहमति कार्यान्वयनको विषय कसरी अगाडि बढेको भन्ने जानकारी लिने र त्यसमा आवश्यक सहयोग गर्ने वचन दिएका थिए ।

भेटमा सहभागी नेकपा युवा नेता भीम चापागाईँका अनुसार नेपालको जनमत कम्युनिस्टको पक्षमा भएकोले राष्ट्रियता र जनजिविकका मुद्धामा दुबै पार्टीबीच सहकार्य गर्नुपर्नेमा दुबै नेता सहमत भएका छन् । त्यसको लागि भेट र छलफल जारी राख्ने दुबै नेता सहमत भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *