कारागार पुगेर नेता सुदर्शनले भने– क्रान्तिकारीहरूले जेलमोर्चा पनि जित्नुपर्छ

News Political

काठमाडौँ, मंसिर १४ । नेपाल कम्युनिःट पार्टीका केन्द्रीय सचिवालय सदःय सुदर्शनले काठमाडौँको केन्द्रीय कारागार, भद्र बन्दीगृह र डिल्लीबजार कारागारमा रहेका आःथाका बन्दीहरूसँग भेटघाट गरेका छन् । पार्टीमाथि लागेको प्रतिबन्धको बेला सरकारद्वारा गिरफ्तार गरी बन्दी बनाइएका आःथाका बन्दीहरूलाई भेटेर सुदर्शनले तीनबुँदे सहमतिप्रति सरकार इमानदार नबनेका कारण बन्दीहरूको रिहाइमा ढिलाइ भइरहेको भन्दै जेल नतोकिएको कार्यक्षेत्र भएकाले त्यस मोर्चामा पनि सफल हुन सुझाव दिएका थिए । क्रान्तिकारी कम्युनिस्टहरू ढुङ्गामा पनि उम्रन सक्नुपर्ने भन्दै सुदर्शनले जेल बसाइलाई उपलब्धिमूलक बनाउन कार्यकर्ताहरूलाई निर्देशन पनि दिए ।

भेटमा कारागारहरूमा रहेका नेकपाका कार्यकर्ताहरूले तीनबुँदे सहमति भइसकेपछि पनि आफ्नो पार्टीका नेता–कार्यकर्ताको रिहाइमा भइरहेको ढिलाइका बारेमा चासो व्यक्त गरेका थिए । साथै उनीहरूले जेलहरूमा सहज तरिकाले फोनको उपलब्धता र बिरामी हुँदा सहज रूपले उपचार खर्चको समःया परेको बताएका थिए । सुदर्शनले बन्दीहरूलाई आवश्यक लजिटक र खर्च वितरण गरेका थिए । यसअघि नेता सुदर्शनले नख्खु कारागारका बन्दीहरूलाई पनि भेटेर त्यहाँको अवःथाका बारेमा जानकारी लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *