अध्यक्ष प्रचण्ड र नेता सुर्दशनविच भेटवार्ता,सरकारले तीन बुँदे सहमति कार्यान्वयन गर्छःप्रचण्ड

News Political

काठमाडौँ,  मंसिर १३ गते  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ बीच भेटवार्ता भएको छ । सोमबार भएको भेटवार्तामा सुदर्शनले आफ्नो पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारेमा छलफल भएको बताएका छन् ।

भेटमा नेता सुदर्शनले तीन बुँदे सहमति गरेको यतिको समय भईसक्दा पनि सरकारले चाँसो नदेखिएको भन्दै प्रचण्डलाई पहल गर्न आग्रह गरेका थिए । सहमति कार्यान्वयन नहुँदा बन्दी नेता कार्यकर्ता रिहाई हुन नसकेको र आम जनतामा सरकार ईमान्दार नभएको भन्ने प्रभाव पर्न थालेको सुदर्शनले बताएका थिए ।

जवाफमा अध्यक्ष प्रचण्डले सरकारले तीन बुँदे सहमित कार्यान्वयन गर्नुपर्नेमा सहमत भएको बताए । त्यसको लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताउँदै प्रचण्डले चाँडो प्रक्रिया अगाडि बढाउन पहल गर्ने बताए ।

‘तीन बुँदे सहमति सरकारले कार्यान्वयन गर्नुपर्छ । प्रक्रिया कहाँ पुगेको छ, प्रधानमन्त्रीजीसँग पनि कुरा गर्छु र जेलमा रहेका सम्पूर्ण बन्दी साथीहरु रिहाईको लागि पहल गर्छु’ प्रचण्डले भेटमा भने ।

भेटमा सहभागी नेकपाका युवा नेता भीम चापागाईका अनुसार दुबै नेता राष्ट्रिय राजनीति र जनताको अधुरा अधिकार पूरा गर्ने जिम्मा माओवादीहरुको काँधमा आएको विषयमा एकमत भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *