मुक्ति गैरे/फिल्ड रिपाेटर, मंसिर १३ गते । नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल गणतान्त्रिक खेलकुद महासंघ आठाैं पुर्ण बैठक काठमाडौंमा सम्पन्न भएको छ । हिजोबाट काठमाडौंमा शुरु भएको बैठक आज सम्पन्न भएको छ ।
बैठक नेपाल कम्युनिस्ट पार्टीका बरिस्ठ केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द “कमरेड बिरजंग” काे सम्झनामा “बिरजंग स्मृति कप – २०७८” फागुन १,२,३,४ गते काठमाडौंमा संचालन गर्ने निर्यण गरेको छ । यस्तै उहाँको सम्झनामा देशै भरि बिरजंग स्मृति कप संचालन गर्ने निर्यण गरेको छ ।
बैठकले सात वटै प्रदेशमा नेपाल गणतान्त्रिक खेलकुद महासंघ प्रदेश सम्मेलन गर्ने,७७ वटै जिल्लाहरुमा समिति अनिवार्य विस्तार गर्ने,खेलकुद भित्र रहेको विकृतिको विरुद्ध संघर्ष गर्ने,फागुन १ गते मुखपत्र “वैज्ञानिक खेलकुद” नामक विमाेचन गर्ने,अन्तरक्रिया कलगायतका निर्यण गरेको छ । बैठक नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा “प्रकाण्ड”ले जनमत संग्रहकाे पक्षमा रचनात्मक काम मार्फत वैज्ञानिक समाजवाद व्यवस्थाकाे निम्ति युवाहरूको महत्त्वपूर्ण भुमिका हुनुपर्नेमा जाेड दिनु भयो ।
वैज्ञानिक समाजवादले सबै कुरा हल गर्ने जिकिर गर्नु भयो । खेलकुद क्षेत्रमा दलाल सरकारले वेवास्ता गरेको कारणले नेपाल खेलकुद क्षेत्र कमजोर भएको बताउनुभयो । खेलकुद स्वस्थ्यका खेलकुद राष्ट्रकाे गहना हुदाहुदै पनि वेवास्ता गरिनु गैरजिम्मेवार भएको बताउनु भयो ।
गैरजिम्मेवार भएको कारणले खेलाडी पलायन भएको समेत जिकिर गर्नु भयो । यस्तै बैठकमा फ्याक्सन ईन्चार्ज चिरन पुन “मिलन” काे सहभागीता थियोे भने बैठककाे अध्यक्षता गणतान्त्रिक खेलकुद महासंघका जयन्द्र बहादुर चन्दले गर्नु भएको थियो भने कार्यक्रम संचालन विनोद चन्दले गर्नु भएको थियोे ।