जाजरकोट, मङ्सिर १२ गते। जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ । नेपालगन्ज देखि जाजरकोटको हुँदै राडिबजार आउँदै गरेको ना६ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर जाजरकोटको कुदु बराहचौक नजिक दुर्घटना भएको हो।
बस दुर्घटनामा परी पाँच जनाको घटना स्थलमै मृत्यु भएको जाजरकोट प्रहरीले जानकारी दिएको छ ।त्यस्तै दुर्घटनामा परी अन्य २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका जनाकारी दिएको छ। ३२ जना यात्रु सवार रहेको रात्री बस आज बिहान दुर्घटना भएको हो। घटनाको थप विवरण आउन बाँकी छ।