रोल्पामा नेकपाका युवाहरूको मार्च पास्ट

News Political

लिबाङ, मंसिर ११  गते । नेपाल कम्युनिस्ट पार्टी रोल्पाले लिबाङमा पार्टीको आठौँ पुनर्गठन दिवस सम्पन्न गरेको छ । पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपाले युवाहरूको मार्च पास्ट सम्पन्न गरेको छ ।

नेकपा रोल्पा जिल्ला सेक्रेटरी दिनेश चन्दको नेतृत्वमा युवाहरूले लिबाङ बजारमा मार्च पास्ट गरेका थिए । बजार परिक्रमा गरी नेकपाका नेता–कार्यकर्ता र युवाको ¥याली कोणसभामा रूपान्तरण भएको थियो ।

सेक्रेटरी चन्दले पार्टी पुनर्गठन दिवसका अवसरमा शुभकामना दिँदै पुँजीवादले मानवहरूलाई बेचबिखन गरिरहेको बताए । पार्टी र व्यक्ति चुन्ने कार्य हुँदै आएकाले अब व्यवस्था चुन्ने बेला आएको उनले बताए । उनले भने, ‘व्यवस्था चुन्न जनमतसङ्ग्रह गराउनु आवश्यक छ । यसका लागि जुटौँ ।’

उनले भने, ‘संसदीय व्यवस्था परिवर्तनका लागि जनयुद्धको उद्घोष गर्ने जिल्ला रोल्पा हो तर नेतृत्वको कारण धोका भयो र उही संसदीय व्यवस्था जीवित रह्यो ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *