हेटाैडा, मंसिर ११ गते । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन, मकवानपुरले आयोजना गरेको राजनीतिक समस्याको समाधान: संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ? विषयक विचार गोष्ठी कार्यक्रम सम्पन्न भएकाे छ । ‘प्रगतिशील, देशभक्त र गणतान्त्रिक वुद्धिजीवीहरुको एकता ! एकीकृत जनक्रान्तिको आवश्यकता र अनिवार्यता !!’काे मुल नारासहित शनिबार मकवापुरकाे मानसचोक स्थित जिल्ला समन्वय समितिको कार्यालयकाे सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रीय सदस्य अनिल शर्मा (विरही) को प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयन र बुद्धिजीवी तथा अर्थविद दीपक शर्माको आतिथ्यतामा राजनीतिक समस्याको समाधान: संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ? विषयक विचार गोष्ठी मा उपस्थित विभिन्न तह र तप्काका बुद्धिजीवी व्यक्तित्वले विविध प्रश्न सहितको आफ्नो अमूल्य विचार राखेका थिए ।
जसको उत्तर कार्यक्रमका प्रमुख अतिथि विरहीले दिएकाे बताइएकाे छ ।